काँग्रेसमय बन्यो मोरङ क्षेत्र नम्बर ३

मोरङ, कात्तिक २६ । दोस्रो चरण अन्र्तगत आगामी मङ्सिर २१ गते हुने प्रतिनिधि र प्रदेशको चुनावी अभियानमा दलहरु लागि रहँदा मोरङ क्षेत्र नम्बर–३ को माहोल झनै रौनक देखिएको छ । एमाले–माओवादीका कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम बढ्दो छ ।

हिजो शनिबार एमाले–माओवादीका ६ सय भन्दा बढी कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गर्दै आफूहरुले ‘टुरिस्ट’ नभई स्थानीय जनताको हकहितमा काम गर्ने व्यक्ति चाहिएको स्पष्ट पारे । पथरीशनिश्चरे, ४६ बिघे युवा क्लबद्वारा आयोजित चुनावी सभामा एक सय ५० भन्दा बढी कार्यकर्ताहरुले पार्टी परित्याग गरेर प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेद्वार डा. सुनिल कुमार शर्माले फूलमालासहित उनीहरुलाई पार्टीमा स्वागत गरे ।

प्रतिनिधि सभाका लागि बाम गठबन्धनबाट उम्मेद्वार बनेका तेह्रथुमबासी भानुभक्त ढकाल र काँग्रेसका उम्मेद्वार डा. सुनिल कुमार शर्माबीच घम्सा घम्सी चलिरहँदा ढकाललाई ‘टुरिस्ट’ उम्मेद्वार बनाइएको भन्दै त्यहाँका स्थानीयहरुले विरोध जनाइरहेका छन् भने पार्टीका कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्दै आएका छन् ।


मुख्यत : पार्टीले स्थानीय नभई ‘टुरिस्ट’ उम्मेद्वार बनाएपछि चिढिएका बाम गठबन्धनका कार्यकर्ताहरुले धमाधम पार्टी प्रवेश गरिरहेका छन् । यसकारण पनि मोरङ–३ मा काँग्रेसलाई बाम गठबन्धनसँग चुनाव लड्न सहज भएको देखिएको छ ।
शनिबार नै बयरवन–०८,रमाइलोमा एमाले–माओवादी र राप्रपा नेपालका साढे तीन सय भन्दा बढी कार्यकर्ताहरुले पार्टी परित्याग गर्दै काँग्रेसमा प्रवेश गरे । त्यस्तै, बेलबारीको त्रिवेणी चोकमा दुई सयभन्दा बढी कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरे । सबैलाई फूलमालासहित उम्मेद्वार शर्माले पार्टीमा स्वागत गरे ।


त्रिवेणी चोकमा आयोजित सभामा उपस्थित भएका मोरङ क्षेत्र न–६ का प्रतिनिधिसभाका उम्मेद्वार तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अब कम्युनिष्टको गढ पूर्ण रुपमा भत्किएको ठोकुवा गरे । ‘नेपाली काँग्रेस ठूल्ठूला कुरा हाँक्दैन । कुरा कम र बढी काम गर्छौं ।’ उनले भने,‘डा. सुनिल कुमार शर्मा कम बोल्ने र बढी काम गर्ने व्यक्तित्व हुनुहुन्छ । पाँच वर्षभित्र यहाँको सडक खण्ड पक्की गर्ने जिम्मा उहाँले लिनुभएको छ । यदि पाँच वर्षभित्र त्यो काम गर्न सक्नुभएन भने त्यसको जिम्मा म लिन्छु ।’

अब, साँच्चीकै बोल्ने होइन गर्नेलाई स्थान दिनुपर्ने बताउदै उनले कम्युनिष्ट गठबन्धनले देशको विकास नभई एकतान्त्रिक शासन लाद्न खोजेको आरोप लगाउँदै अब देश जोगाउने जिम्मो हामी सबैका काँधमा आएको बताए । पार्टीले सिद्धान्त विपरीत काम गरेको र त्यहाँका स्थानीय नेतृत्वकर्ता सक्षम र क्षमतावान हुँदा हुँदै सीमापारीबाट उम्मेद्वार खोजेर ल्याइएपछि एमाले–माओवादीका कार्यकर्ताहरु पार्टी परित्याग गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 11 =