पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन

काठमाडौं, २५ कात्तिक । पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित ९० वर्षीय विस्टको शनिवार विहान साढे १० बजे राजधानीको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।

विष्ट वि.सं २०२५–२०२६, २०२८–२०३० र २०३४–२०३६ सालमा तीन पटकसम्म प्रधानमन्त्री भएका थिए । उनी पछिल्लो समय ज्ञानेन्द्र शाहले शासन हातमा लिएपछि २०६१ सालमा मन्त्रिपरिषद् उपाध्यक्ष भएका थिए ।

राप्रपा प्रजातान्त्रिकका वरिष्ठ नेता केशर बहादुर विष्टले राष्ट्रवादी छवी भएका नेताको निधनबाट देशलाई अपुरणिय क्षती पुगेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *