तिलाठी कोईलाडी–३ भयो बालविवाह मुक्त वडा
२०७४ जेठ १५ गते

“
कात्तिक २५, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं ३ सकरपुरालाई बालविवाह मुक्त वडा घोषणा गरेको छ ।
उक्त वडामा विगत दुई वर्षको अवधिमा २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अब उपरान्त यसलाई निरन्तरता दिने भनी स्थानीयवासी र सरोकारवालाहरुको प्रतिबद्धता जनाएर यस वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको गाउँवाल संरक्षण समितिका संयोजक मोहित चौधरीले बताए ।
तिलाठी कोइलाडीस्थित सकरपुराको उग्रतारा माँ भगवती मन्दिर प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच सेभद चिल्ड्रेनका किशोर–किशोरी विकास कार्यक्रम संयोजक रत्ना थापाले दुई वर्षको अवधिमा यस सकरपुरामा कुनै बालविवाह नभएको भन्दै यस वडालाई बालविवाह मुक्त वडा घोषणा गरिन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








