सरकारी कर्मचारी जसले तिन अाेटा बिहे गरे, अर्बाैमा खेले

कार्तिक २४, काठमाडाैं । गरिब देशका सरकार प्रमुख र राष्ट्रपतिको विलासी सौखको बारेमा बेला बेलामा आलोचना भइरहेकाे सुनिन्छ । त्यसमाथि एउटा सरकारी कार्यालयकाे सामान्य पदमा रहेर पनि कसैले विलासी जीवनशैली अपनाएकाे छ भनेर भन्दा कसैले पनि सजिलै विश्वास गर्न सक्दैनन् ।

हामीले सरकारी कार्यालयकाे लेखापालका रूपमा कार्यरत सुरेश अधिकारीकाे बारेमा कुरा गरेका हाै । उनकाे जिवनशैली हेर्दा जाे काेहि पनि अचम्बित हुने गर्छन् । उनकाे पुख्र्यौली सम्पत्तिबारे नखुलेपनि उनको कमाइ र जीवनशैली हेर्दा जाे काेही पनि दङ्ग पर्ने कुरा नै भयाे ।

हाल उनै अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौँको रानीबारीबाट उनलाई पक्राउ गरी अनुसन्धान थालेकाे हाे । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका उनले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । अधिकारीमाथि ६१ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको सहसचिव तथा आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

इमान्दारीतापूर्वक कमाएर जीवनभर एउटा घर मुस्किलले जोड्न सक्ने हजारौँ सरकारी कर्मचारीहरुभन्दा उनी अब्बल देखिएका छन् । उनीसँग अरब भन्दा बढीको सम्पत्ति देखिन्छ । उनको इटहरी, काठमाडौँ तथा विराटनगरमा घर छ । कति घर छन्, यकिन छैन, तर ती घरहरू उनले अर्कैको नाममा राखेको बताइन्छ । उनकी श्रीमती नै तीन वटी छन् । जसमध्ये एक सुजु क्षेत्री हुन् । जो अधिकारीसँगै इटहरीमा बस्छिन् । तीन वटा बिहे गरे पनि उनले विवाह दर्ता भने कसैसँग नगरेको बताइन्छ । तथापि अनुसन्धान गर्न बाँकी छ । ‘

पछि छानबिन हुँदा श्रीमती र सम्पत्ति खोजबिन हुन्छ भनेर बिहे दर्ता नभएको होला,’ स्रोत बताउँछ । उनी घरको सबै सामान लिएर ६ गते नै काठमाडौँ गइसकेको जानकारी प्राप्त भएको छ । उनी गाडी मात्र एक करोड माथि पर्ने चढ्दै आएका छन् । टोयटाको फच्र्युनर गाडी चढ्ने गरेका उनको गाडी पनि हेटौंडाका अर्कै व्यापारीको नाममा दर्ता रहेको बताइन्छ । व्यापारीदेखि उच्च तहका नेतालाई समेत पाल्दै आएका अधिकारीले योजनाबद्ध रूपमा भ्रष्टाचार गरेको देखिएको छ । यहाँसम्म कि महँगो मोबाइल बोक्ने उनको फेसबुक एकाउण्टसमेत छैन । इटहरीस्थित यातायात कार्यालयलाई तीन वर्षसम्म लैनो गाई झैँ दुहेर उठेको राजस्व कुम्ल्याएका उनी इटहरीबाट फरार भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =