बाम गठबन्धनद्वारा निर्वाचन परिचालन कमिटी गठन

“
कार्तिक २३, सुनसरी । बाम गठबन्धनले प्रतिनिधि र प्रदेश सभाको दोस्रो चरणमा हुने सुनसरी क्षेत्र नम्बर १ का लागि निर्वाचन परिचालन कमिटी गठन गरेका छन् ।
धरानमा आज पत्रकार सम्मेलन गर्दै बाम गठबन्धनका नेताहरूले एमाले तथा माओवादीबाट छुट्टाछुट्टै निर्वाचन परिचालन कमिटी गठन गर्दै परिचालित गरेको घोषणा गरेका हुन । जसका लागि एमालेबाट प्रकाश राई र माओवादी केन्द्रबाट अइन्द्रबिक्रम बेघाको संयोजकत्वमा ३१ सय सदस्यीय छुट्टाछुट्टै मूल निर्वाचन परिचालन कमिटी गठन गरेकाे हो । जसको मातहतमा २१ वटा छुट्टाछुट्टै उपसमितिहरु ग्ठन गरी परिचालित गरिएको एमाले तर्फका संयोजक प्रकाश राईले बताए ।
मूल समितिलाई संयोजन गर्नको लागि दुवै पार्टीबाट नौ–नौं जनाको १८ सदस्यीय समन्वय समिति समेत गठन गरिएको छ । त्यस्तै २१ वटा उपसमितिमा पनि ३–३ जना रहने गरी समन्वय समिति गठन गरिएको माओवादी तर्फका संयोजक बेघाले बताए ।
त्यस्तै, प्रदेश ‘क’ को लागि एमालेबाट वेणू काफ्ले, ‘ख’ बाट निलम खनालको संयोजकत्वमा १५ सय सदस्यीय मूल परिचालन कमिटी र ९ वटा उपसमितिहरु गठन गरिएका छन् ।माओवादीबाट ‘क’ मा फोक्वाहाङ सुब्बा (चोत्लुङ) र ‘ख’ मा पुष्प ढुङ्गानाको संयोजकत्वमा १५ सय सदस्यीय मूल समिति र ९ वटा उप समितिहरू गठन भएका छन् ।
प्रदेश ‘क’ को लागि ९–९ सदस्य र ‘ख’ को लागि ७–७ सदस्यीय समन्वय समिति गठन गरिएको छ । वडा र शाखा स्तरमा भने दुवै पार्टीले आ–आफ्नो निर्वाचन परिचालन समिति गठन गर्दै दुवै पार्टीबाट पाँच–पाँच जनाको समन्वय समिति गठन गरिने बताइएको छ । बामगठबन्धनले प्रतिनिधि सभाको लागि जयकुमार राई, प्रदेश सभाको लागि प्रदीप भण्डारी र समानुपातिकमा चेतना श्रेरेङलाई उम्मेदवारको रूपमा परिचित गराइएको थियो ।
“








