रुकुमको मुसिकोटमा एन अार्इ सी एसिया बैंककाे शाखा विस्तार

कार्तिक २३, काठमाडाैं । एन आई सी एसिया बैङ्कले रूकुमकाे मुसिकाेटमा शाखा विस्तार गरेकाे छ । मुसिकोट न.पा. वडा नं. ०५, बागबजार स्थित रुकुम शाखाको आज एक समारोहका बिच रुकुम जिल्ला उद्योग वाणिज्य सघंका अध्यक्ष टेक बहादुर पुनले उद्घाटन गरेका हुन् ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एसिया बैङ्क निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैङ्कले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा पनि चाँडै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =