वाम गठबन्धनको चुनावी अभियान : चौध शहरमा ओली र दाहालले सम्बोधन गर्ने

कात्तिक २३, काठमाडौँ । संयुक्त चुनावी अभियानमा रहेको वामपन्थी गठबन्धनका शिर्ष नेता एमाले अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डले चुनावी सभाहरुमा संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन् । देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई ओली र दाहालले संयुक्तरुपमा सम्बोधन गर्नेछन् ।

दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म महत्वपूर्ण १४ शहरमा आयोजना हुने चुनावी सभालाई दुबै नेताले सम्बोधन गर्ने एमाले अध्यक्ष ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए ।

उनका अनुसार कात्तिक २९ गते गोरखा, कात्तिक ३० गते बागलुङ र स्याङ्जा, मंसिर २ गते दमक, ३ गते काँकडभित्ता र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा सम्बोधन गर्नेछन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *