एन आई सी एसिया बैङ्कको ५ नयाँ शाखाहरुको समुद्घाटन

कार्तिक २२, काठमाडाैं । एन आई सी एसिया बैङ्कले ५ नयाँ शाखा कार्यालयहरु स्थापना गरेकाे छ । भिमेश्वर नगरपालिका वडा नं. ०३, दोलखा स्थित चरिकोट शाखा, घोडाघोडी नगरपालिका वडा नं १०, कैलाली स्थित पहलमानपुर शाखा, केराबारी गाउँपालिका वडा नं ०८ स्थित केराबारी शाखा, भगवानपुर गाउँपालिका वडा नं. ०४, सिरहा स्थित भगवानपुर शाखा तथा नरहा गाउँपालिका वडा नं. ०६, सिरहा स्थित नरहा शाखाको आज एक समारोहका बिच समुद्घाटन गरिएकाे हाे ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एसिया बैङ्क निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लिखित ५ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैङ्कले अधिराज्यभर १३५ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरुबाट सेवा प्रदान गरिरहेकाे छ ।

बैङ्कले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना समेत अगाडि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *