पहिलो पटक भोटेपुल सांस्कृतिक साँझ हुने

“
कार्तिक २२, धरान । धरान ८ भोटपुल सिदार्थ मार्गका युवाहरूको अगुवाई संस्था भोटेपुल सांस्कृतिक साँझ तथा सिदार्थ पुस्तकालयको संयुक्त आयोजनामा यही कार्तिक २४ गते भोटेपुल सांस्कृतिक साँझ २०७४ हुने भएको छ ।
मौलिक संस्कृति झल्कने तथा धरानकै पहिचानका निम्ति र मनोरञ्जन दिने उदेश्यले सो सांस्कृतिक साँझ गर्न लागेको धरान १३ स्थित पत्रकार महासङ्घको सभाहलमा गरिएको पत्रकार सम्मेलनमा आयोजक भोटेपुल सांस्कृतिक साँझका सचिव निर्मल राईले जानकारी दिए ।
कार्यक्रमलाई आकर्षक बनाउन स्थानीय स्तरको ख्याती प्राप्त विभिन्न ब्याण्डहरु, साङ्गीतिक क्षेत्रमा ओझेल परेका गायक गङ्गा बरदान, नेपाल आईडलका टप १६ का गायक सुरज तामाङको प्रस्तुतिका साथै स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने राईले जानकारी दिए ।
भोटपुलमा सो साँझ पहिलो पटक हुन लागे पनि ऐतिहासिक रूपमा सम्पन्न गर्न सबैले आ आफ्नो ठाँउबाट कम्मर कसेका लागेका छन् । कार्यक्रमको ४ लाख ४४ हजारको आर्थिक व्यवस्थापन स्थानीयहरुको सहयोगबाट गरिएको राईले सम्मेलनमा जानकारी दिए ।
कार्यक्रमलाई सभ्य भव्य बनाउन सिदार्थ पुस्तकालयको अगाडी रहेको सिदार्थ मार्ग परिसरमा गरिने र कार्यक्रमलाई सफल पारीदिनको लागि चुले निम्तो सहित हार्दिक अनुरोध समेत गरे ।
“








