टेक्सास गोलीकाण्ड : सासुसँग झगडा परेपछि चलाएका थिए आक्रमणकारीले गोली

 अमेरिका, कात्तिक २१ । अमेरिकाको टेक्सासमा रहेको एक चर्चमा अन्धाधुन्ध गोली चलाउने डेविन प्याट्रिक केलीको गोली चलाउनुअघि सासुसँग झगडा परेको अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार आइतबार आइतबार बिहान साढे ११ बजे प्याट्रिकले अन्धाधुन्ध गोली चलाउँदा २६ जनाको ज्यान गएको थियो ।

ज्यान गुमाउनेमा आधा बालबालिका हुन् । घटनामा अरु २४ जना घाइते भएका छन् । आइतबारको नियमित प्राथनाका लागि मानिस जम्मा भएका बेला प्याट्रिकले टेक्सासको विल्सन काउन्टीमा रहेको चर्चमा अन्धाधुन्ध गोली चलाएका हुन् ।

प्याट्रिकले रंगभेदी मनसाय वा धार्मिक कारणले गोली नचलाएको स्थानीय अधिकारीले बताएका छन् । पारिवारिक कारणले प्याट्रिकले चर्चमा अन्धाधुन्ध गोली चलाएको खुलेको स्थानीय अधिकारीले बताएका छन् । परिवार तथा उनको श्रीमतीको परिवारसँग विवाद भएकाले उनले गोली चलाएको खुलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्याट्रिक केलीकी सासु मिसेली स्चिएल्डस गोलीकाण्ड भएका बेला चर्चमा उपस्थित थिइन् । तर प्याट्रिक केलीकी आमा लुका ह्वाइटको भने गोली लागेर ज्यान गएको छ । अन्धाधुन्ध गोली चलाएका प्याट्रिक केलीको घटना लगतै जवाफी कारवाहीमा मारिएका थिए । गाडीमा चढेर भाग्दै गरेका आक्रमणकारी प्रहरीको कारवाहीमा मारिएका हुन् ।

यसअघि न्युयोर्कमा गएको हप्ता एक व्यक्तिले साइकल लेनमा ट्रक चलाउँदा ८ जनाको ज्यान गएको थियो । अमेरिकामा पछिल्लो समय यसकिसिमका घटना बढ्दै गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *