चिकित्सकको लापरबाहिले सुत्केरीको मृत्यु भ​एपछि…

कार्तिक २०, पोखरा । नयाँबजार स्थित गण्डकी मेडिकल कलेजमा सुत्केरीको ज्यान गएपछि आन्दोलित भएका मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । चिकित्सकको लापरबाहिले सुत्केरीको ज्यान गएको भन्दै शुक्रवारदेखि आन्दोलनमा उत्रिएका पिडितहरुले आइतबार साँझ अस्पतालमा तोडफोड गरेका हुन् । शल्यक्रिया मार्फत छोरो जन्माएकी स्याङ्जा अर्जुनचौपारीकी गीता अर्याललाई शुक्रवार बिहान ५ बजे अस्पतालले मृत्यु भएको घोषण गरेको थियो ।

 

१९ वर्षीया अर्यालको मृत्यु अस्पतालको लापरबाहीले सुत्केरी हुँदैमा भएको र एक हप्तासम्म बेहोस् भन्दै घटना लुकाएको आफन्तजनको आरोप लगाएका छन् । अस्पताल प्रशासनले भने आफ्नो तर्फबाट कुनै कमजोरी नभएको बताएको छ। बिरामीलाई बचाउनको लागि हरसम्मको प्रयास गर्दापनि बचाउन नसकिएको भन्दै आफ्नो तर्फबाट कुनै कमजोरी भएको भए निष्पक्ष छानबिनको लागि तयार रहेको बताएको छ।

गत कार्तिक १० गते शुक्रवार बेलुकी गण्डकी मेडिकल कलेज पुगेकी अर्यालले भोलिपल्ट शनिवार बिहान ११ बजे छोरो जन्माएकी थिइन् । त्यसपछि पाँच दिनसम्म बेहोस् अवस्थामा भेन्टिलेटरमा राखिएका थियो । आफन्तजनले दोषी चिकित्सकलाई कारबाही, नाबालकको संरक्षणको जिम्मा र क्षतिपूर्ति नदिएसम्म सब नउठाउने बताएका छन् ।

पर्वत लुंखुदेउराली माईत भएकी अर्यालको गत मङ्सिरमा मात्र बिहे भएको थियो । उनका श्रीमान् कृष्ण अर्याल वैदेशिक रोजगारीको सिलसिलामा युएईमा छन् । यसैबिच, सुत्केरीको मृत्यु भ​एको विषयलाई लिएर आफन्तहरु तोडफोडमा उत्रिएको भन्दै निजी अस्पतालहरुको छाता सङ्गठन अफिन गण्डकी धौलागिरी समितिले गम्भीर ध्यानाकर्षण भ​एको जनाएको छ । समितिका सचिव नरेन्द्र बास्तोलाद्धारा हस्ताक्षरीत विज्ञप्तिमा ‘गण्डकी मेडिकल कलेजमा मृतकका आफ्न्तद्धारा गरिएको तोडफोड एंव स्वास्थ्य कर्मीहरुमाथी भएको दुरव्यवहार प्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाउदै जुनसुकै बहानामा स्वास्थ्य सेवा प्रदान गर्ने अति संवेदनशील क्षेत्र भित्र प्रवेश गरी तोडफोड गरिनु अपराध जनक क्रियाकलाप भएको उल्लेख गरिएको छ ।

त्यसै गरी विज्ञप्तिमा भनिएको छ ‘उक्त अपराधजन्य क्रियाकलापको घोर भत्सर्ना गर्दछौ र उक्त तोडफोडको घटना जो जसले गरेको हो छानबिन गरी घटनामा संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनको साथै तोडफोडवाट भएको क्षतिको क्षतिपुर्ति तिराउनको लागी निजी अस्पतालहरुको छाता सङ्गठन अफिन जोडदार माग गर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *