खेल भइरहँदा मैदान भित्रै कार प्रवेश गरेपछि

एजेन्सी– भारतको चर्चित रणजी ट्रफी खेलमा मैदान भित्रै एउटा कार प्रवेश गरेपछि सुरक्षाको विषयलाई लिएर प्रश्न उठेको छ । शुक्रवार दिल्ली र उत्तर प्रदेशबीच राजधानी नयाँ दिल्लीको पालम मैदानमा यो घटना भएको थियो । यति बेला अन्तर्राष्ट्रिय खेलाडी इशान्त शर्मा, गौतम गम्भीर र ऋषभ पन्त मैदानमा उपस्थित थिए ।

कार मैदान भित्र प्रवेश गर्दा कसैले हेक्का राखेका थिएनन् । मैदान बाहिर कुनै सुरक्षाकर्मी तैनाथ नरहेको कारण यस्तो घटना भएको बताइएको छ । कार चालकले आफू बाटोबाट भडकिएको हुनाले मैदान भित्र प्रवेश गरेको बताएका छन् । चालकले कारलाई दुई पल्ट क्रिकेट पिचको माथिबाट कुदाएका थिए ।

अहिले भारतको चर्चित रणजी ट्रफी भइरहेको छ । यसलाई भारतको घरेलु शृंखलामा महत्त्वपूर्ण प्रतियोगिता मानिन्छ । यो प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडी नै भारतीय टिममा समावेश हुने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =