आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण
२०७४ जेठ १५ गते

“
कात्तिक १९, काठमाडौं । दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । निर्वाचन आयोगले आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिह्न वितरण गर्ने कार्यतालिका छ ।
आयोगका अनुसार उम्मेदवारी फिर्ताका लागि आइतबार बिहान १० बजेदेखि १ बजेसम्म समय छुट्याइएको छ । उम्मेदवारको विरोधमा उजुरी दिन १७ गतेको समय दिएको आयोगले शनिबार मनोनपयपत्र र उजुरीउपर छानबिन गरिसकेको छ ।
आगामी मंसिर २१ गते १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हुने निर्वाचनमा १ हजार ७४२ उम्मेदवारी परेकोमा एक जनाको खारेजी भएको छ भने प्रदेशसभातर्फको २५६ निर्वाचन क्षेत्रका लागि २ हजार ९६६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
आयोगले १६ गते दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा उम्मेदवारी दर्ता गराएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








