आजका बिभिन्न् पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

काठमाडौं, कात्तिक १९ ।

सामुदायिक शिक्षामाथि खेलबाडः कान्तिपुर 

राजनीतिक भनसुन र तोक आदेशमा नियुक्ति पाएका अस्थायी शिक्षकलाई सहजै स्थायी बनाउन अर्को प्रपञ्च रचिँदै छ । सरकारले ७५ प्रतिशत अस्थायी शिक्षकलाई स्थायी बनाउन शिक्षा ऐन नै संशोधन गरेपछि शिक्षक सेवा आयोगले सजिलो प्रश्न सोधेर परीक्षामा उत्तीर्ण गराउने तयारी गरिरहेको हो ।

योग्यता, क्षमताभन्दा पनि प्रभाव र पहुँचका आधारमा नियुक्त शिक्षकलाई सहजै स्थायी बनाइयो भने सामुदायिक विद्यालयको शिक्षामा दूरगामी नकारात्मक असर पर्ने निश्चित छ ।

शिक्षा ऐनको आठौं संशोधनपछि २६ हजार १ सय ५१ अस्थायी शिक्षकमध्ये करिब १० हजार घर जान तयार थिए । एक वर्षमै अर्को संशोधन गरेर ७५ प्रतिशतलाई स्थायी गराउने, परीक्षामा ४० अंक ल्याउन नसकी अनुत्तीर्ण भए पनि ‘गोल्डेन ह्यान्डसेक’ दिने व्यवस्था गरेर उनीहरूलाई पनि परीक्षामा सामेल गराइँदै छ । सजिलै उत्तीर्ण होऊन् भनेर पाठ्यक्रम र ‘ग्रिड’ पनि खुला प्रतिस्पर्धीको भन्दा सजिलो बनाइएको छ ।

अस्थायी शिक्षकहरूका लागि ४० अंकको वस्तुगत र ६० अंकको विषयगत प्रश्न सोध्ने पाठ्यक्रम तयार गरिएको छ । खुला प्रतिस्पर्धीलाई भने २० नम्बरको मात्रै वस्तुगत प्रश्न सोधिनेछ । बाँकीमा सम्बन्धित विषयको ४० र पाठ्यक्रम, शिक्षण विधि एवम् प्रविधिसम्बन्धी ४० अंकको सोधिने भएको छ ।

महिलाको उचित प्रतिनिधित्वः गोरखापत्र  

आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल पाँच हजार ४१० उम्मेदवारमध्ये महिला उम्मेदवारको सङ्ख्या ३७६ रहेको छ ।  यो कुल उम्मेदवारको ६.९५ प्रतिशत मात्रै हो ।

प्रतिनिधिसभाका दुुई हजार २४ उम्मेदवारमध्ये ७.०२ प्रतिशत अर्थात् १४२ जना र प्रदेशसभाका तीन हजार ३८६ उम्मेदवारमध्ये ६.७६ प्रतिशत अर्थात् २२९ जना महिला उम्मेदवार छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा जस्तो नीति निर्माणको मुख्य अङ्गमा प्रत्यक्ष निर्वाचनमा सहभागी हुने महिलाको सङ्ख्या कम हुँदा धेरैतिरबाट चिन्ता व्यक्त गरिएको छ ।  संविधान र कानुनले यी निकायमा एकतिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ र राजनीतिक दल यो कमी समानुपातिक तर्फबाट पूरा गर्न बाध्य पनि छन् ।

शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको बन्द सूचीमा झन्डै ५५ प्रतिशत महिला छन् र प्रत्यक्ष निर्वाचनबाट संसद्मा एकतिहाइ नपुुगे समानुपातिकबाट सङ्ख्या पुु¥याउने कानुनी व्यवस्था पनि छ तर राजनीतिक दलले प्रत्यक्ष निर्वाचनमा महिलाको सङ्ख्या कम दिएर महिलाको क्षमता कम आँकलन गरेको स्पष्ट हुन्छ ।

सुरक्षा सतर्कता बढाउः कारोबार 

ईतिहासमै पहिलोपटक प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै गर्दा देशमा सुरक्षाका विषयमा केही संवेदशनशील प्रश्न उब्जिन थालेको छ ।

देशैभरी प्रदेश तथा प्रतिनिधिसा निर्वाचनका लागि नामांकन भईरहेको अवस्थामा राजधानी काठमाडौं र पोखारमा सुटर भनिने भारतीय हतियारधारी अपराधीहरु पक्राउ परेका छन् ।

निर्माण व्यवसायी गौचनका हतयाराहरु अझै पक्राउ परेका छैनन् ।

निर्वाचनकै सम्मुखमा किन भारतीय हतियारधारसहित नेपाल छिरे भन्ने विषयले नेपालको सुरक्षाचक्रमा रहेका गम्भीर चुकहरुको खुालासा गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *