पतिको रगत बाट खोटाङमा हिरा फलाउने काङ्ग्रेस नेत्री गुरुङको प्रतिबद्धता

खोटाङ, कात्तिक १९ । जनयुद्ध को नाममा दशौ हजार निर्दोष नागरिकको हत्या गरि सोहि संख्यामा घरबार विहिन र बिस्थापित गराएको माओबादी द्वन्दले मुलुकलाई गम्भीर बनाएको थियो । सोहि समयमा नेपाली काङ्ग्रेसको नवौं माहाधिबेशन पोखरामा हुदै गर्दा खोटाङ जिल्लाको प्रतिनिधित्व गर्दै तत्कालिन जिल्लाका सभापती रहेका कालुमान गुरुङ पोखरा प्रस्थान गर्नु भएको थियो ।

केन्द्रीय अधिबेशन सकेर तुरुन्तै जिल्ला स्थित भात्री सङठन हरुको समेत अधिबेशन गर्नु पर्ने टास्क बोकेका गुरुङ आफ्नो गृह जिल्ला आउने तयारी गरिरहनुभएको थियो । सहकर्मी तथा आफ्नी श्रीमती हिराले समेत केही समय उतै बस्न आग्रह गर्दा समेत नमानी आफ्नो कर्तव्य पालना र पार्टी प्रतिको जिम्मेवारी पूरा गर्न उहाँ जिल्ला प्रस्थान गर्नु भयो । केही समय देखि गुरुङ लाई भौतिक सफाया दिने धम्की माओबादिले दिदै आइरहेपनि गुरुङ ले त्यसलाई मतलब गर्नुभएको थिएन।

रातदिन नभनी आफ्नो ज्यान बाजि लगाएर सङठन र जनताको काम मा खट्ने शाहसिक र निडर नेता गुरुङ नेका पार्टी प्राङगण् मा चली रहेको सभालाई सम्बोधन गर्न लाग्दा मिति २०५७ साल फागुन २४ गते मध्यान्ह को समयमा दुई जना बिद्यार्थी पोशाकमा भितृएका आतंककारी माओबादिले ढाड बाट गोलि हानी हत्या गराएका थिए। कडा सुरक्षा घेरा भित्रै रहेको जिलापार्टी कार्यलय प्राङ्गण मै यसरी निर्मम हत्या गरि फरार रहेका ती ब्यक्ति अहिले सम्म को हुन ? नत सुरक्षा निकाय ले पक्रन सक्यो न कुनै माध्यमले पत्ता लगाउनै सकेको छ।

त्यति मात्रै होइन , गुरुङ को हत्या पछि उहााँकी श्रीमति हिरा गुरुङ र नाबालक बच्चा हरुलाइ समेत चोक्टा बनाएर छरपस्ट बनाइदिने धम्की आउन थाले , धार्मिक परम्परा अनुसार काजकृया गर्न समेत नदिइ उहाँ जिल्ला सदरमुकाम शरण लिन पुग्नुभयो । केही समय त्याहा बसेपनी जिल्ला स्थित सुरक्षा निकायले निरन्तर सुरक्षा दिन नसक्ने बताए पछि अन्तत आफ्नो सम्पुर्ण सम्पती समेत माओवादी ले कब्जा गरिसके पछि खालिहात नाबालक सन्तान च्यापेर राजधानी तिर बिस्थापित जीवन बिताउन बाध्य हुनुभयो। उहाँहरु ले गुरुङ परिवारको जग्गा मात्रै होइन हजारौ थान भेडाहरु काटेर भेजो लगाए भने घरका काठपात समेत उठाएका थिए। यस्तो चरम यातना र मानसिक तनाब दिएर बिस्थापीत बन्नुभएकी हिरा गुरुङले अन्तत पतिको रगत बगेकै स्थान बाट कसम खाएर भन्नुभयो कि यो रगतको मल लगाएर काङ्ग्रेस को रुख बाट हिरा निकाली समग्र खोटाङ बासी हरुलाइ समृद्ध बनाउने छु।

सोही संकल्पका साथ उहाँ राजधानी बाट नै काङ्ग्रेस को राजनिती मा होमिनुभयो र निरन्तर जिल्ला स्थिति बिकास निर्माण र बिबिध समस्यामा सहयोगी बन्दै आउनुभएको थियो। उहाँले आफू बिस्थापित जीवन बिताउन परेपनी खोटाङ को बिकास का लागि लाखौ रकम खर्चीनुभएको छ । एउटा पति बिहिन अबला नारीको सन्तान प्रतिको जिम्मेवारी सगसगै सारा जिल्लाबासी हरुको जिम्मेवारी समेत बोकेर हिड्ने अठोट गर्नुभएकी शाहासिक ,निडर अनि स्पस्टबक्ता नेत्री हिरा गुरुङ ले अन्तत आसन्न मंसीर १० मा हुन गैरहेको प्रतिनिधि सभा चुनावमा समानुपातिक तर्फको उमेदवार बन्ने एक्लो अबसर पाउनुभएको छ ।

प्रतिपक्ष भन्दा पनि आफ्नै सङठन भित्रका शीर्ष नेताहरु सग संघर्ष गरेर जिल्लाबासिको हितका लागि समानुपातिक उमेदवार बन्नुभएकी हिरा गुरुङ आफ्ना पतिले कमाएको लोकप्रियता लाई ओझेल नपारी उहाको सपना साकार बनाउदै पिछडिएका जिल्लाबासी हरुको हक अधिकार ,अनि बिकास मा निरन्तर लाग्ने दृढ संकल्प गर्नुभएको छ।

हाल एक निर्वाचन क्षेत्र रहेको खोटाङ मा प्रत्यक्ष तर्फ सरस्वती बजिमयी ,क र ख मा सुभास आचार्य र बिस्णु राई प्रत्यक्ष मा लड्दैछन , । बाम एकताले आफुलाइ मजबुत दावा गर्दै आएपनि हिरा गुरुङको लोकपृयताले गर्दा अत्याधिक बहुमत सहित काङ्ग्रेस बिजय हुने सर्बत्र हल्ला चल्न थालेको छ। महिला भएर पनि यति साहसीक ,निडर अनि बिकासप्रेमी नेत्री हिरा गुरुङ को लोकप्रियता नै खोटाङ काङ्ग्रेस को बिजयको मुख्य सिँढी हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 15 =