समानुपातिकमा महिला बढी, प्रत्यक्षमा पुरुष
२०७४ जेठ १५ गते

“
काठमाडौं, कात्तिक १९ । मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ महिलाको उम्मेदवारी बढी देखिएको छ ।कानुनअनुसार समानुपातिकमा ५० प्रतिशत अनिवार्य महिला चाहिने भएकाले दलहरुले बाध्य भएर महिलाको नाम राखेका हुन् ।निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा ३ हजार ६ सय ४३ जना महिलाको नाम समावेश छ ।
त्यसैगरी २ हजार ८ सय ५१ जना पुरुषको नाम समानुपातिक बन्दसूचीमा राखिएको निर्वाचन आयोगले जनाएको छ । बन्दसूचीमा ५६ प्रतिशत महिलाको नाम समावेश गरिएको छ भने ४४ प्रतिशत पुरुषको नाम छ ।
प्रत्यक्षतर्फको उम्मेदवारी हेर्दा कानुनअनुसार महिलाको प्रतिशत पुर्याउन निकै कठिन पर्ने देखिन्छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








