सुत्केरीको मृत्यु भएपछि गण्डकी मेडिकल कलेजमा तनाव

एन एच पौडेल
कास्की,कात्तिक १८ । पोखराको नयाँबजार स्थितरहेको गण्डकी मेडिकल कलेजमा एक सुत्केरीको मृत्यु भएपछि तनाब ग्रस्त बनेको छ। गतहप्ता गण्डकी मेडिकल कलेजमा शल्यक्रिया गरी बच्चा जन्माएकी स्याङ्जाकी गीता अर्यालको मृत्यु भएपछि अस्पतालमा तनाब सृजना भएको हो। मृतकका आफन्तहरुले अस्पतालको लापरबाहीले अर्यालको मृत्यु भएको भन्दै नाराजुलुश र धर्ना दिएपछि अस्पताल परिसर तनाब ग्रस्त भएको हो ।

मृतकका आफन्तहरुले दोषी चिकित्सकलाई कारबाही, नाबालकको संरक्षणको जिम्मा र क्षतिपूर्ति नदिएसम्म शब नउठाउने भन्दै आन्दोलन चर्काएका छन्। मृतका आफन्त राजन अर्यालले मेडिकल कलेजका चिकित्सकहरुले बिरामीको अवस्थावारे सही जानकारी नदिएको आरोप लगाए। ‘शल्यक्रिया भएको पाँच दिन बित्दा समेत चिकित्सकले बिरामीलाई भेट्न समेत दिएन्’ उनले भने। ‘सुधार हुन्छ भन्दै भेन्टीलेरमा हालेर राखे, खाने सुप, जाउलो लिएर जाँदा समेत बिरामी भेट्न पाईएन, हप्तासम्म बेहोस् भन्दै घटना लुकाए्।’

सुत्केरीको ज्यान गएपछि आक्रोशित आफन्तले आज विहानैबाट अस्पताल अगाडि प्रदर्शन गरेका छन्। नयाँबजार क्षेत्रको सडक नै बन्द गरी टायर बालेर उनीहरुले अस्पताल, प्रशासन र प्रहरी विरुद्ध नाराबाजी गरेका थिए।

उत्तेजीत भीडले मध्यान्न अस्पताल परिसरमा पसेर डोडफोड गर्दै ताला लगाउन खोजेपछि सुरक्षार्थ प्रहरीले हस्तक्षेपगरी भीडलाई तितरबितर पारेको थियो। आफन्तजनले प्रशासन र प्रहरी विरुद्ध नाराबाजी गर्दै टायर जलाएका थिए। केही समयपछि प्रहरीले बल प्रयोग गरी बन्द नयाँबजार सडक खुलाएको थियो । प्रदर्शनकारी तर्फका २ जनालाई प्रहरीले पक्राउगरेपछि भिड तितरबितर भएको थियो।

प्रशासनले सुरक्षा ब्यवस्था अत्यन्त कडा पारेको थियो । सम्भाबित घट्नालाई मध्यनजर गर्दै प्रशासनले जिल्ला प्रहरी कार्यालय कास्कीको कमाण्डमा वडा प्रहरी कार्यालय बैदाम, बगरका प्रमुखहरुलाई समेत खटाएको थियो । अस्पताल प्रशासनले भने उक्त घट्नामा आफ्नो तर्फबाट कुनै कमजोरी नभएको बताएको छ। बिरामीलाई बचाउनको लागि हरसम्मको प्रयास गर्दापनि बचाउन नसकिएको भन्दै आफ्नो तर्फबाट कुनै कमजोरी भएको भए निष्पक्ष छानविनको लागि तयार रहेको बताएको छ। अस्पतालका प्रमुख कार्यकारी निर्देशक सन्तोष खनालले अस्पतालको तर्फबाट कुनै लापरबाही नभएको बताए। ‘यदि कसैले गल्ति देखाउँछ भने सजाँय भोग्न तयार छौ’ उनले भने। ‘यो घट्नामा चिकित्सकहरुले हरसम्मको प्रयास गर्दापनि सफल भएन।’

मृतक अर्याललाई सुत्केरी ब्यथाले च्यापेपछि आफन्तहरुले गत कार्तिक १० गते शुक्रबार बेलुकी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याउका थिए। तर,प्रसुती वार्डमा बेड अभाब भएपछि उनलाई त्यहाँ कार्यरत चिकित्सकहरुले गण्डकी मेडिकल कलेजमा जान सल्लाह दिएका थिए। क्षेत्रीय अस्पतालका चिकित्सकको सल्लाह अनुसार आफन्तले आर्याललाई गण्डकी मेडिकल कलेज पु¥याएका थिए। अर्यालको भोलिपल्ट शनिवार बिहान ११ बजे शल्यक्रिया गरीएको थियो।
शल्यक्रियाकोलागि चिकित्सकले बोहोस बनाएकी अर्याल होसमै आईन्। क्रमश पाँच दिनसम्म बेहोस् अवस्थामै भेन्टिलेटरमा राखियो।तर पनि उनको अवस्था बिग्रदै गएपछि शुक्रबार बिहान ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। पर्वत लुंखुदेउराली माईत भएकी अर्यालको गत मंसिरमा मात्र बिहे भएको थियो । उनका श्रीमान् कृष्ण अर्याल वैदेशिक रोजगारीको सिलसिलामा युएईमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *