एमालेबाट किचिएपनि एमालेलाई नै जिताउन लाग्छु, प्रदेश प्रमुख आचार्यले राई जाति नभएका कारण कमजोर उम्मेद्वार भन्दा चित्त बुझेन : सुनुवार

“
भरतराज शर्मा(गोपाल)
धरान, कात्तिक १८ । बाम गठबन्धनमा भागबण्डा नमिल्दा लफडा चलिरहेको बेलामा सुनसरी १ बाट प्रत्यक्षतर्फको उम्मेद्वारको सिफारिसमा परेका मोतिराज सुनुवारले सामाजिक सञ्जाल मार्फत् आाफना भवनाहरु सार्वजनिक गरेका छन् । उहाले सधै सामाजिक सञ्जालमा हावा चल्यो सरर, एमालेको झण्डा फरर भन्दै आएका यसपटक टिकट पाएनन् ।
एक अन्तर्वार्तामा उहाले यसपटक पार्टीले विवेक पु¥याएको छ भनी भनेका थिए तर सुनसरी १ बाट जयकुमार राईलाई टिकट दिइएको छ । राईलाई टिकट दिइएपनि उनले सदैव एमालेलाई साथ दिने बताएका छन् ।
‘सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभाका लागि नेकपा एमालेका तर्फबाट उमेदवार कमरेड जयकुमार राईलाई हार्दिक बधाई ज्ञापन गर्दै विजयको शुभकामना दिन चाहान्छु ।’ उनले लेखेका छन, ‘हामी मोती, जय, प्रकाशको सिफारिस गरिएको थियो । हामी मध्ये जसलाई टिकट दिएमा पनि पाउनेलाई जिताउन हिड्ने प्रतिबद्धता शुभेच्छुक, कार्यकर्ताका बीचमा गरेका थियौ ।’
उनले प्रदेश प्रमुख भीम आचार्यले राई जाति नभएका कारण कमजोर उमेदवार भनी ब्याख्या गरेकोमा भने चित्त दुखाएका छन् ।
‘प्रदेश प्रमुख कमरेड भिम आचार्यले मलाई राई जाति नभएका कारण कम्जोड उमेदवार भनि ब्याख्या गर्नु भएछ । म धन्यबाद बाहेक अरू केही दिन सक्दिन ।’
उनले आफूले कहिल्यै बाहुन , क्षेत्री , राई , लिम्बु , दलित भनी कुनै पनि बिषयमा बिभेद नगरेको प्रष्ट्याएका छन् । ‘एमालेमा सिकेको मैले यही थियो ।’ उनले भनेका छन् ।
सामाजिक सञ्जालमा आफूले एमालेलाई फूटाउने, चोइट्याउने , टुक्र्याउने नगरेको उनको प्रष्टोक्ति छ । समय समयमा एमालेका नेताहरूबाटै आफै किचिँदै आएको बताएका छन् । ‘म जति सुकै किचिउ । एमाले भन्दा पर हुनेवाला छैन । हिजो पनि म एमाले । आज पनि एमाले । चितामा चढ्दा पनि एमाले नै रहिरहने छु ।’ उनले भनेका छन् ।
उनले जय कुमारलाई विजय नगराए सम्म आराम नगर्ने पनि बताएका छन् । ‘म आराम गर्ने छैन । भोलिदेखि कमरेड जयलाई जिताउन अगाडि बढौ । म प्रति शुभेच्छा राख्नु हुने सबैमा आभारी रहँदै धन्यबाद ज्ञापन गर्दछु ।’
यसअघि सुनवारले धरानका पत्रकारसंगको अन्तर्वार्ता दिदा यसो भनेका थिए । मोतीराज सुनुवार कण्डक्टरदेखि हाल प्रदेश नं. १ सल्लाहकार । २०४० सालदेखि धरान–वसन्तपुर रूटको बुकिङ काउण्टरदेखि पशुपति ट्राभल्स नामक बसको कण्डक्टरसम्म । २०३५ सालदेखि राजनीतिक यात्रा सुरु गरेका उनले ०३६ सालमा नेकपा एमालेमा ताला (सपोर्ट) गर्दै आएका थिए रे । ०३७ सालमा प्रवेश नै गरेका उनले अनेरास्ववियुको सदस्य बनेका थिए । २०४६ मा नेपाल यातायात मजदुर संगठनको कोशी अञ्चलको उपाध्यक्ष, हुँदै २०४७ मा केन्द्रीय कमिटीको सदस्य बनेका उनी २०५१ मा प्रथम अधिवेशनले अध्यक्ष बनेका थिए ।
२०६२ सालबाट ‘औजार’ प्रकाशन समूहको अध्यक्ष भएका उनी नेपाल टे«ड युनियन महासयंघ जिफन्टको कोशी अञ्चल सचिव, राष्ट्रिय कमिटी सदस्य हुँदै संगठित सदसय पनि बनेका थिए । २०५५, ०५८ र ६२ मा नेकपा एमालेको जिल्ला कमिटी सदस्य, उपसचिव, सचिव हुँदै हाल प्रदेश नं. १ को सल्लाहकार सदस्य बनेका छन् । उनले एक समय नेकपा एमाले परित्याग गरें भनेर पत्रकार सम्मेलन नै गरेका थिए । त्यतिबेला उनले रूँदै भनेका थिए–मैले एमाले छाडेको होइन र अन्य पार्टीमा प्रवेश गर्ने पनि छैन । अन्ततः उनी कुनै पार्टीमा प्रवेश पनि गरेनन् । उनले एमालेप्रति वितृष्णा, विचलन भएर होइन, सिष्टमको विरोधमा राजीनामा दिएको बताएका थिए । यसै बिषयमा सुनुवार संग गरिएको कुराकानीको अंश ।
१. स्थानीय चुनावमा त खुब हावा चल्यो सरर, एमालेको झण्डा फरर भन्दै हिड्नुभयो, प्रदेशको चुनाव त लाग्यो त अब के हुन्छ ?
चुनाव लाग्यो । मेरो नाम पनि सिफारिस भएको थियो, गर्व र खुशी लागेको छ । यसलाई मैले सकारात्मकरूपमा लिएको छु । यसपटक विवेक पु¥याउँछन् भन्ने मलाई लागेको छ ।
२.टिकट तपाईले नै पाउनुपर्ने कारण पनि होलान् नि ?
२०७० मै पाउनुपर्ने तर पनि किन दिइएन ? त्यो त पार्टीले गर्ने कुरा हो । त्यतिबेला म मूल्याङ्कनमा परिन होला । त्यही सिष्टमको विरोध गर्दै मैले राजीनामा पनि दिएको थिएँ । मेरो मकैबारी छैन, धानबारी छैन, केही छैन तर पनि पार्टीमा सक्रिय भएर प्रस्तुत भइरहें र रहनेछु । माले र एमाले हुँदा गुटविरुद्धको आन्दोलनमा हिँड्ने पनि म, प्रदीप नेपाल, मुकुन्द न्यौपानेसँगै लिडर गरेर काम गर्ने म, मेची–महाकाली आन्दोलन, २०६२।०६३ को आन्दोलन होस् वा लाउडा काण्ड आदिमा मजदुर क्षेत्रबाट हामी खुव लड्यौं । अन्य लिडरहरूमध्ये म पुरानो, पाको, पार्टी सङ्गठनमा पनि धेरै जिम्मेवारी बहन गरेको हुनाले पनि मेरो पक्षमा मूल्याङ्कन र विवेक पुग्ला भन्ने यसपटक सोचेको छु ।
३. तपाईले यदि टिकट नपाउने अवस्था आए तपाई फेरि राजीनामा दिने वा पार्र्टीमै रहने ?
पहिलादेखि नै मैले भन्दै आएको छु–हावा चल्यो सरर, एमाले झण्डा फरर । मैले २०७० राजीनामा दिएँ, पार्टी छोडेको थिइन । एमालेप्रति वितृष्णा, विचलन भएर होइन, सिष्टमको विरोधमा राजीनामा दिएको हुँ । राजनीतिक जीवनमा अनेकौं हुन्छ । पुष्पलाल जीवनभर लखेटिए । कम्युनिष्ट फुट्दै गए, पार्टीका लिडरले स्वीकारेनन्, कसैले कांग्रेसको पुच्छर भने, कसैले के भने तर उनको निधन भइसकेको १०–१५ वर्षपछि सबैले क. पुष्पलालका विचारहरू महान रहेछन् भनेर स्वीकार्नुपरेको अवस्था छ । २०७० मा दावी रहँदारहँदै सुनुवाई भएन र सुनुवाई होस् भनेर राजीनामा दिएको हुँ । त्यसैले अहिले पनि कथंकदाचित मेरो मूल्याङ्कन र विवेक नपु¥याइए म राजीनामा दिन्नँ । जो उठेपनि एमालेकै झण्डा वा साथीहरूलाई काँधमा हालेर हिँड्छु । अन्य साथीहरूले टिकट पाएपनि एमालेकै जीत भएको ठान्छु । अन्य साथीहरूलाई पूर्ण सपोर्ट गरेको देख्न सक्नुहुन्छ ।
४.मजदुर क्षेत्रमा तपाईको पकड बढी छ भनेर तपाईलाई नै विवेक पु¥याउलान् ।
यातायात मजुदर क्षेत्र, सरसफाइ मजदुर, गिटी कुट्ने, तल्लो वर्गका मानिसदेखि सबै वर्गका मानिससँग मेरो सम्बन्ध छ । मिडियाकर्मी साथीहरूको पनि पूर्ण सपोर्ट छ । सबै भोट हाल्न आतुर छौं भनिरहेका छन्, भनौं जनमत मेरो पक्षमा छ । रचुनाव जित्ने आधार पनि यी नै हुन् । कम्युनिष्टले सानो काम गर्न लजाउन हुँदैन भनिएका छ । अहिले पनि म मजदुरी गर्छु । जनताका लागि पत्रिका बोकेर घरघरमा पु¥याइरहेकै हुन्छु । जनताकै उन्नति, प्रगति सोचिरहेको हुन्छु । त्यसैले पनि विवेक पु¥याउनुपर्छ भन्छु ।
५.अहिले त एमाले, माओवादी लगायत अन्य दलहरूसँग पनि एकता भएको छ नि, टिकट त तपाई नै पाउनुहोला त ?
पाउनुपर्छ, विवेक पु¥याउनुपर्छ । सबै कम्युनिष्ट मिल्नु स्वागतयोग्य छ । यस विषयमा पनि पार्टीमा छलफल होला । तर पनि धरान एमालेकै क्षेत्र हो । यसतर्फ सोचनीय र विचारणीय हुनु आवश्यक छ । सहमति हुँदा पनि जसको जुन क्षेत्रमा पकड राम्रो छ, त्यही क्षेत्रमा त्यही दलको उम्मेद्वार बनाइनु उपयुक्त होला भन्ने पनि कुरा उठिरहेका छन् नि । ०४८ सालको राष्ट्रिय निर्वाचनमा स्व.पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी यही क्षेत्रबाट विजयी भएका थिए ।
०५१ सालको राष्ट्रिय निर्वाचनमा लिला श्रेष्ठ सुब्बा एमालेको तर्फबाट सान्दार विजयी भए । ०५३ को राष्ट्रिय निर्वाचनमा एमालेको तर्फबाट कुन्ता शर्मा अत्यधिक मतले विजयी भए, जुन समयमा नेकपा एमालेले पार्टी फुटको झट्का भोगिरहेको थियो । ०६४ सालको राष्ट्रिय निर्वाचनमा देश नै माओवादीमय भयो । यस क्षेत्रबाट पनि माओवादी पार्टीका किरण राईले जिते । पुनः २०७० सालको राष्ट्रिय निर्वाचनमा नेकपा एमालेले आफ्नो साथ फर्काउँदै कृष्णकुमार राईलाई विजयी गरायो । हालमा यस क्षेत्रको सभासद उहाँ नै हुनुहुन्छ । यी तथ्याङ्कहरुले पनि भनिहेका छन् यहाँ एमालेकै पकड क्षेत्र हो, एमाले नै विजयीको हकदार हो ।
६.जातीय समीकरणका कुरा पनि उठेका होलान् नि ?
पार्टीमा जातीय समीकरण मिलाउनुपर्ने हुन्छ । समीकरणको हिसाबले पनि मेरो सम्भावना राम्रै छ ।
चुनाव जित्ने आधार चाहिँ के देख्नुभएको छ ?
धरान एमालेको पकड क्षेत्र मात्रै होइन, यहाँ मैले गरेका काम, योगदान साथै जनताको विश्वास, सपोर्टले नै चुनाव जित्ने आधार देखेको छु । चुनाव जित्न सजिलो छैन तर पनि धराने जनताले मलाई एकपटक जिताएर देखाउनुहुन्छ भन्ने आशावादी छु ।
७.चुनाव जितेर धरानमा यसो गर्छु, उसो गर्छु भनेर कल्पना वा सपना पनि देख्नुहुन्छ होला नि ?
म सपना देख्दिन र कल्पना गर्दिन, गरेर पनि देखाउने मान्छे हुँ र देखाउन चाहन्छु । सर्वप्रथम त मेरो जीत जनता र पार्टीको जीत हो । पार्टीले विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । साथै आर्थिक समृद्धिलाई पनि अगाडि सारेको छ, त्यही अनुसार अघि बढ्छु । यो मान्छेको पालामा धरानमा के भयो भन्दा अहिलेसम्म कसैबाट केही देख्नुभएको छ ? म त्यो एकदुईवटा चिनो छाडेर जान्छु । यो क्षेत्रको विकास पहिलादेखि नै नभएकै हो र भएकै छैन । प्रारम्भमा यो चाहिँ ग¥यो है भनेर देखाउने सुरमा छु ।
८. अन्तमा धरानले केन्द्रमा प्रभाव पार्ने नेता जन्माएन भनेर भन्दै आएका छन् नि हैन ?
हो, जनताको मुखबाट अहिलेसम्म केन्द्रमा प्रभाव पार्ने नेता नै जन्मिएनछन् भनेर मैले पनि सुनेको छु । मेरो केही पेशा व्यवसाय वा अन्य काम पनि मसँग नभएकाले म बिहान उठ्दादेखि नसुतुञ्जेलसम्म लिडर नेताहरूलाई भेटी धरानलाई के गर्दा राम्रो हुन्छ भन्नेबारे सोचीरहेकै हुन्छु । मजदुर संगठन जिरोबाट सुरु गरेर देशभर फिजाउने मानिस पनि म हुँ । त्यसैले पारदर्शी बन्दै के गरियो, के गरिएन भनेर जनताको सुझाव लिँदै अघि बढ्छु ।
“








