सिलवाल विरुद्ध उजुरी, प्रहरीमा छँदा ज्यादती गरेको आरोप

“
कात्तिक १८,काठमाडौं । ललितपुरको प्रतिनिधिसभा क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका पूर्व डीआइजी नवराज सिलवाल विरुद्ध उजुरी परेको छ ।
सिलवाल उम्मेदवार बन्न योग्न नभएको दाबी गर्दै ललितपुरकै स्थानिय विकाससिंह तामाङले शुक्रबार उजुरी दर्ता गराएका हुन । आफूलाई मिटर व्याज लगाएर सिलवालले घर न घाटको बनाएको आरोप सहित जनताबाट न्याय पाउने आस गर्दै थापा आफ्नो उमेद्वारी दिएको बताउँदै आएका छन्।
प्रहरीमा हुँदा ज्यादती गरेर मलाई घर न घाटको वनाउनेले चुनाव जीतेर सत्तामा आए के गर्दा होलान उनले बताए । प्रहरीले थुप्रै मिटर व्याज लगाउनेहरुलाई नियन्त्रणमा लिएपनि शक्तिको आडमा आफू जस्तालाई सिलवालले घर नघाटको बनाएको उनले सुनाए।
तामाङले निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाबाट स्वतन्त्र उम्मेदवरी दर्ता गरेका छन् । यो उजुरी अघी नै सिलवाललाई चुनौति दिन खडा भएका उमेद्वार गुण बहादुर थापा पनि उनको लागि टाउको दुखाइ भएका छन्।
आफूलाई आइजिपी हुन नदिएको न्याय जनताले दिने भनेर चुनावमा आएका सिलवाललाई थापाले पिडकको रुपमा अगाडी सारेका छन्।
“








