सर्लाहीमा बिष सेवनबाट एक बालिकाको मृत्यु, ४ बालबालिका बिमारी

“
सर्लाही, कात्तिक १७ । सर्लाहीको कौडेना गाउँपालिका २ फुलपरासीमा शुक्रवार बिष सेवनबाट एक बालिकाको मृत्यु भएको छ । बिष सेवनबाट २ बालिका र २ बालक बिमारी भएका छन् ।
बिष सेवनबाट कौडेना गाउँपालिका २ फुलपरासीका राम प्रताप रायको छोरी बर्ष ३ कि अस्मिता कुमारी रायको उपचारको क्रममा जिल्ला अस्पताल सर्लाहीमा मृत्यु भएको हो । बिष सेवनबाटै राम प्रताप रायकी ४ बर्षिया छोरी पुजा कुमारी राय र २ बर्षका छोरा आदित्य कुमार राय बिमारी भएका छन् ।
यसैविच बिष सेवनबाटै छिमेकी बिकाउ रायको छोरी ४ बर्षिय खुश्वु कुमारी राय र २ बर्षका छोरा खुसी लाल राय बिरामी भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी तथा प्रहरी प्रबक्ता राजेश थापाले जानकारी दिएका छन् । बिमारी चारै जना बालबालिकाको सर्लाहीको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
कौडेना गाउँपालिका २ फुलपरासीका राम प्रताप रायले खेतमा प्रयोग गर्न घरमा राखेको रिर्कड मिराकुलन नामक फेराडन खेल्ने क्रममा सेवन गरेको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
“








