मुलुकका लागि दुवै गठबन्धन हितकर भएको प्रचण्डको भनाइ

काठमाडौं, कात्तिक १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थिरताको लागि मुलुकमा राजनीतिक धुव्रिकरण भएको बताउनुभएको छ । चितवन क्षेत्र नम्वर ३ बाट उम्मेदवारी दर्ता गराएपछि बोल्दै उहाँले वाम गठबन्धन र लोकतान्त्रिक गठवन्धन दुवै मुलुकको राजनीतिक स्थिरताको लागिभएको बताउनुभएको हो ।

देशको आर्थिक विकास र समृद्धिको लागिअहिले बनेका गठबन्धन ठूलो अवसर भएको उहाँले बताउनुभयो । नेपालीजनता, राष्ट्रिय हित र एकताको निम्तिवाम गठबन्धन हितकर भएको उहाँको भनाई छ । स्थायी सरकार नहुँदा मुलुकले आर्थिक विकास गर्न नसकेको बताउँदै उहाँले विगतलामो समयलेदेखि रहँदै आएको राजनीतिक स्थिरताको अब अन्त्यहुने दाबी गर्नुभयो । अबको निर्वाचनले स्थायी सरकार बनाउने उहाँले बताउनुभयो । प्रचण्डको उम्मेदवारी दर्तामा प्रस्तावक माओवादी नेता अमिक शेरचन र समर्थकमा नेकपा एमालेक्षेत्र नं. ३ का संयोजक रामजीप्रसाद सापकोटा रहनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *