फरार व्यक्तिले कुमारी बैंक हाँक्दै,शेयरधनीहरु सराप्दै

काठमाडौँ, कात्तिक १६ । काण्डै काण्डमा मुछिएको कुमारी बैङ्क थिलथिलो अवस्थामा पुगेको छ । यस अगाडिका सिइओ उदयकृष्ण उपाध्याय यौनकाण्डमा परे । त्यस यता बैङ्कले सञ्चालक बनाएको अर्काे एक व्यक्ति प्रहरीको फरार सूचीमा छन् । यसरी कालोबजारी काण्डका नाइकेलाई कुमारी बैङ्कले पुरस्कृत गरेपछि बैङ्किङ क्षेत्रमै तरङ्ग पैदा भएको छ । एक पछाडि अर्काे काण्डमा फस्दै विवादमा पर्दै गएको सो बैङ्कमा ठग काण्डमा मुछिएका व्यक्तिलाई सञ्चालक बनाइएसँगै शेयरधनीहरु आगो भएका हुन् ।

बैङ्कभित्र यस्ता हतकण्ड हुँदा राष्ट्र बैङ्क र प्रहरी  रमिते बनिरहेको त्यहाँका कर्मचारीहरुले आरोप लगाएका छन् । भूकम्प र सो पछाडिको नाकाबन्दीको समयमा खाने तेलमा कृत्रिम अभाव सृजना गरी उपभोक्ता लुट्दै आएको काण्डमा केयल दुगड समूहको सञ्चालकहरु फरार रहेकै अवस्थामा कुमारी बैङ्कले भने सोही दुगड समूहका एक जना व्यक्तिलाई ल्याएर बैङ्कका सञ्चालकमा मनोनयन गरेपछि सर्वसाधरण शेयरधनीहरु विच्किएका छन् ।

सो बैङ्कमा केएल दुगड ग्रुपका सञ्चालक नरेश दुगड अहिले पनि बोर्ड सञ्चालकका हैसियतमा कार्यरत छन् । जबकि बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार सञ्चालक समितिमा बस्नका लागि कुनै पनि कसुरमा नमुछिएको व्यक्ति हुनुपर्ने ऐनमा उल्लेख छ । तर, वाफिया ऐनलाई धोती लगाँउदै सो बैङ्कका सञ्चालकमा कालोबजारी तथा ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गर्दै पक्राउ पुुर्जी जारी गरेको व्यक्तिलाई बैङ्कमा सञ्चालक बनाएर लगिएपछि बैङ्कको छविबारे समेत प्रश्न चिन्ह उठ्न थालेको छ ।

नियम कस्तो छ ?
अर्कातिर अदालतले समेत दोषी ठहर गरेको व्यक्तिलाई कसरी र कसको रुचिमा सो बैकको सञ्चालक बनाइयो चासोको विषय मात्र बन्न पुगेको छैन,उनको नियुक्तिले ‘बाफिया’ऐनकै धज्जी उडेको छ । स्मरण रहोस् बैङ्क तथा वित्तीय संस्था ऐन २०६३ को परिक्षेद १ को ‘ठ’ बुँदा पल्टाउने हो भने ‘चोरी, ठगी, किर्ते, जालसाजी, भ्रष्टाचार, नैतिक पतन देखिने कुनै पनि फौजदारी कसुर वा बैङ्किङ कसुर गरेको अभियोगमा नेपाल वा विदेशी मुलुकको अदालतबाट कसुरदार ठहर भई सजाय भुक्तान भएको दश वर्ष अवधि व्यतित नभएको’ हकमा सञ्चालक समितिमा बस्न नपाइने भन्ने उल्लेख छ । तर, सोही काण्डमा मुछिएर अदालतबाट दोषी ठहर गरेको व्यक्ति दुई वर्ष नबित्दै बैङ्कका सञ्चालक बन्न आइपुगेका छन् ।

काण्डै काण्ड
काण्ड र कुमारी बैङ्क एक अर्काको परिपुरक भैसकेका छन् । यस अगाडिका सिइओ यौनकाण्डमा मुछिएर बदनामी कमाएका थिए । राधेश पन्त सिइओ हुँदा समेत बैङ्क विवादमा मुछिएको थियो । यता झन्डै एक वर्ष सिइओविहिन कुमारी बैङ्कले केही महिना अगाडी सिइओ पाए पनि बैङ्क फेरि विवादमा फसेको छ । सिद्धार्थ बैङ्कबाट सुरेन्द्र भण्डारीलाई उदयको ठाउँमा त ल्याइयो तर उनी पनि असक्षम साबित भएका छन् । नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर समयमै निष्कासन नगरेको, घोषणा गरेर पनि लामो समय सम्म राखी अझै जारी नगरेको भन्दै छानबिन सुरु गरेपछि सुरेन्द्र भण्डारी पनि निरिह सिइओ साबित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *