बादल चुनाव नलड्ने

कार्तिक १६, काठमाडौं । दोस्रो संविधान सभा चुनावमा मोहन वैद्य नेतृत्वको माओवादीमा रहेर चुनाव बहिष्कार गरेका नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ यसपटक पनि चुनाव नलड्ने भएका छन्।

उनले चुनाव लड्न नचाहेको कारण भने आफुले रोजेको क्षेत्र नपाउनुले हो । चितवन– २ मा टिकट नपाएपछि बादलले चुनाव नलड्ने निर्णय गरेका हुन्। चितवन–२ मा माओवादी र एमाले दुबैको अन्तिम समयसम्म दाबी थियो। माओवादीले दाबी छोडेपछि वाम गठबन्धनबाट सो क्षेत्रमा एमाले चितवन अध्यक्ष कृष्णभक्त पोखरेल उठ्ने भएका छन्।

माओवादीले बादललाई काठमाडौं– १० वा नवलपरासी –१ मा लड्न सुझाएको थियो। बादलले भने यसपालि चुनावै नलड्ने निर्णय गरे।

माओवादी प्रवक्ता पम्फा भूषालले बादल नलड्ने पुष्टि गरिन्। २०६४ सालको संविधान सभामा बादलले चितवन–२बाट चुनाव जितेका थिए।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =