ढुंगेलको कैद भुक्तान १३ वर्ष बाँकी

कार्तिक १५, काठमाडौं । सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएका माओवादी नेता बालकृष्ण ढुंगेल अब तेह् वर्ष जेल बस्नुपर्नेछ । अदालतले उनलाई ज्यान मुद्दामा २० वर्ष जन्म कैद तोकेको थियो। यसअघि नै २०५५ सालदेखि ०६३ बीचमा उनले सात वर्ष जेल सजाय भोगिसकेका छन्।

आखलढुंगाका उज्जन श्रेष्ठलाई ढुंगेल र पुष्कर गौतमले गोली हानी मारेको भन्दै ओखलढुंगा जिल्ला अदालतले २०६१ साल वैशाखमा सर्वस्वसहित उनीहरूलाई जन्मकैद गरेको थियो । यहि बिचमा ढुंगेल सात वर्ष जेल बसेका थिए ।
तर, ०६३ साल असारमा उनलाई पुनरावेदन अदालत राजविराजले सफाई दिएको थियो । पछि २०६६ सालमा सर्वोच्चले पुनरावेदन अदालतको फैसला बदर गर्यो । सर्वोच्चले सर्वस्वसहित जन्मकैद सुनाएको ८ वर्षपछि माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

अब १३ वर्षअघि जेलबाट छुट्न ढुंगेलसँग एउटै मात्र बाटो छ । ढुंगेलको पार्टी माओवादी केन्द्र मिलेर बनेको वाम गठवन्धनले आउने चुनावपछि सरकार बनायो भने उसले ढुंगेलको कैद मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गर्न सक्छ । तर कानूनतस् त्यस्तो सिफारिस सरकारले ढुंगेल अब तीन वर्ष जेल बसेपछि मात्रै गर्न मिल्छ ।

कारागार व्यवस्था सम्बन्धी कानूनमा ५० प्रतिशत कैद भुक्तान गरेका र जेलमा पनि अनुशासनमा बस्ने व्यक्तिलाई कारागार प्रमुखको सिफारिसमा सरकारले बाँकी कैद सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गर्न सक्ने कानूनी व्यवस्था छ । तीन वर्ष जेल बसेपछि उनले पाएको २० वर्षे सजायको आधि पूरा हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *