जग्गा विवादमा भाइले गरे दाईको हत्या

कार्तिक १४, गाईघाट । उदयपुरमा जग्गाको विषयमा विवाद हुँदा भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् ।

बेलका नगरपालिका–५ स्थित घुम्नेका ४५ वर्षीय बिसे सदालाई उनका भाइ ३५ वर्षीय कृष्णले सोमबार साँझ हत्या गरेका हुन् ।

मादक पदार्थ सेवन गरेका दुवै दाजुभाइबीच झगडा भएको र कृष्णले दाजुलाई घरभित्रबाट खुकुरी निकालेर टाउकोमा प्रहार गरेपछि दाजुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दाजुलाई खुकुरी प्रहार गरेको छल्न खोज्दा भाउजु सुमनीको पनि हातको पाखुरामा गम्भीर चोट लागेको र हाल उपचार भइरहेको इप्रका, रामपुरका प्रमुख सुवास राईले बताए ।

दाजुको हत्यालगत्तै कृष्ण भने फरार रहेको र हाल प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएको छ । कृष्णले दाजुसँग घर बनाउन जग्गा मागेपनि दाजु बिसेले आलटाल गरेका कारण दाजुभाइबीच विवाद बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =