टानमा मिश्रित परिणाम, अध्यक्षमा दाहाल विजयी (कसले कति मत पाए सूची सहित)

“
कार्तिक १३, काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । अध्यक्ष सहित अधिकांश पदमा वामपन्थी प्यानल विजयी भएको छ । लोकतान्त्रिक प्यानलले वरिष्ठ उपाध्यक्षसहित केही सदस्य पदमा जित निकालेको छ ।
टानको ३९औ वार्षिक साधारण सभासँगै आईतवार सम्पन्न निर्वाचनमा दाहालले निकटतम प्रतिद्वन्दी मोहन लम्साललाई १८ मतले पराजित गरे । दाहालले ३३१ मत प्राप्त गर्दा लम्सालले ३१३ प्राप्त गरेका छन् । अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका नुरु जांबु शेर्पाले मात्रै ५० मत ल्याए ।
दाहाललाई एमाले–माओवादी व्यवासायीको समर्थन रहेको थियो भने लम्साललाई कांग्रेस–नयाँ शक्तिका व्यवसायीको समर्थन रहेको थियो । टान निर्वाचन समितिकाअनुसार अध्यक्षसहित वाम गठबन्धनबाट पदाधिकारीमा प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष जितेको छ भने ५ जना कार्यसमिति सदस्य विजयी भएका छन् ।
यता लोकतान्त्रिक समुहबाट भने बरिष्ठ उपाध्यक्ष, द्धितीय उपाध्यक्ष र महिला सदस्य र अन्य २ सदस्य विजयी भएका छन् । टानको ३९ औं महाधिवेशन आइतबार राजधानीमा सुरु भएको थियो । महाधिवेशन सुरु भएकै दिन भएको निर्वाचनले २ वर्षको लागि नयाँ नेतृत्व चयन गरेको हो ।
कसले कति मत पाए
अध्यक्ष
नवराज दाहाल –३३१ विजयी
मोहन लम्साल– ३१३
नुरुजाङ्बु शेर्पा (स्वतन्त्र)– ५०
वरिष्ठ उपाध्यक्ष
खुम बहादुर केसी –३५९ विजयी
पूर्ण चन्द्र भूषाल –३२८
प्रथम उपाध्यक्ष
जीवन थापामगर –४०८ विजयी
बाबुकाजी सिटौला –२८०
द्धितिया उपाध्यक्ष
निलहरी बास्तोला –३६४ विजयी
ऋषि प्रसाद नेपाल –३१९
महासचिव
आङ पेम्बा शेर्पा – ३७७ विजयी
चेवन देवकोटा – ३२५
सचिव
सुजन लामिछाने –३५९ विजयी
चोलेन्द्र बहादुर कार्की – ३३०
कोषाध्यक्ष
रामकृष्ण तिमल्सिना –३४२ विजयी
सुवास केसी –३३९
सह(कोषाध्यक्ष
तारा राना –३८५ विजयी
किरण धरेल –२८२
महिला सदस्य
कविता लामिछाने –२६१
ऋतु ग्याम्दान –४१७ विजयी
सदस्य
रविन्द्र अधिकारी –३७१ विजयी
राजन प्रसाद काप्री –३४२ विजयी
गोपाल श्रेष्ठ –३६३ विजयी
जीवन लामा –३७५ विजयी
बाबुराम गुरुङ –३६२ विजयी
सुक बहादुर लामा –३४० विजयी
शेर बहादुर परियार –३३४ विजयी
जंग बहादुर लामा –३४३ विजयी
हरि शरण खरेल –२६४
हर्क बहादुर गुरुङ –३२०
कुल प्रसाद सुवेदी –२७५
सरोज कट्टेल –२६८
तपन राज भण्डारी –२७३
सुर्य बहादुर थापा –३०५
नामग्याल जाङबु शेर्पा –३२२
आङबाबु शेर्पा –३२३
“








