माेरङमा शेखर र लालबाबु बिच भिडन्त

“
कात्तिक १०, काठमाडाैं । प्रतिनिसभाकाे चुनाव नजिकिदै गर्दा कसले कहाँ बाजी मार्लान भनेर अड्कल बाजी हुन थालिसकेकाे छ । आसन्न प्रतिनिधिसभा चुनावमा मोरङ क्षेत्र नम्बर ६ मा भने हेभिवेट भिडन्त हुने भएको छ ।
काँग्रेसले प्रभावशाली नेता डा. शेखर कोइरालालाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरिसकेकाे छ । भने, एमाले र माओवादीको वाम गठबन्धनले उम्मेदवार तोकेको छैन । तर, एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
शेखर र लालबाबु चुनावी मैदानमा होमिएको अवस्थामा मोरङ ६ को चुनावी प्रतिस्पर्धा निकै रोचक हुनेछ । यो क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ नम्बर वडा, बुढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४ देखि ७ तथा ९, ११ र १२ वडा पर्छन् । यो क्षेत्रको वडाध्यक्षको मत हेर्दा काँग्रेसको १९ हजार ७६० छ भने एमालेको १७ हजार ९८२ छ ।
गठबन्धनकारी दलहरूको मत जोड्ने हो भने काँग्रेस गठबन्धनको ३५ हजार र वाम गठबन्धनको २६ हजार बढी मत छ ।
“








