हात्तीपीडित परिवारलाई आर्थिक सहयोग

विष्णु जोशी, कंचनपुर । कञ्चनपुरका तीन जना निर्माण व्यावसायीहरूले दक्षिण क्षेत्र बेल्डाँडीका हात्तीपीडित एक परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । हात्तीपीडित बेल्डाँडी गाउँपालिका वडा नम्बर १, झर्नासागरका गगनसिंह महरालाई निर्माण व्यावसायीहरू निरन्जनप्रसाद भट्ट, लोकबहादुर ठकुराठी र हेम महराले आर्थिक सहयोग गरेका हुन् ।

निर्माण व्यवसायी भट्टले एक हजार, ठकुराठीले एक हजार पाँच सय र महराले दुई हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीको एक बथानले कात्तिक २ गते लक्ष्मीपूजाका दिन गगनको घर भत्काउनुका साथै अन्नपात समेत नष्ट गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =