बायो स्यान्ड फिल्टर निर्माण कार्यसँगै स्थानीय खुसी

भरतराज शर्मा, धरान । धमिलो र लेदो पानीका कारण हरेक वर्ष झाडापखला, आऊ जस्ता रोगबाट आक्रान्त हुँदै आएका धरान–६ पानबारीका १८ सय घरधुरीकाे समस्या अब समाधान हुने भएकाे छ ।

नेपाल सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीले १ करोड २५ लाखको लगानीमा पूर्व मै पहिलो पल्ट धरान–६ पानबारीमा ‘बायो स्यान्ड फिल्टर’ प्लान्ट निर्माण गर्ने भएपछि पानबारीका उपभोक्तालाई राहत मिलेको हो ।


पानबारी बासीले वर्षौ अघिदेखि पाइपलाइन बिछ्याएर सिधै शेहरा खोलाको पानी पिउदै आएका थिए । करिब १८ सय घरधुरी मध्य ३५ देखि ४० प्रतिशत उपभोक्ताहरुकाे घरमा राखिने फिल्टर राख्न सक्ने क्षमता नहुँदा सिधै खोलाबाट आएको पानी पिउने गरेको पानी आपूर्ति गर्दै आएको पानबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ ।

करिब ३५ देखि ४० प्रतिशत पानबारी बासीले सिधै खोलाको पानी पिउने गरेको समितिका कोषाध्यक्ष विश्वराज कार्कीले जानकारी दिए । यो प्लान्ट २०७० सालदेखि निर्माण भइरहेको छ । उक्त प्लान्ट निर्माणमा हालसम्म करिब १ करोड खर्च भइसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रमेश बस्नेत जानकारी दिए ।

बजेट समयमा विनियोजन नहुँदा समयमा काम पूरासमेत नभएको अध्यक्ष बस्नेतको भनाइ छ । यो फिल्टर निर्माण सम्पन्न भएपछि भने कुनै पनि उपभोक्ताहरुलाई घर घरमा फिल्टर राखिरहनु पर्ने आवश्यकता नरहेकाको बस्नेत बताउँछन् । समितिले २०६५ सालदेखि सेहरा खोलाको मामफाङ भन्ने स्थानबाट पानी सङ्कलन गरेर खुवाउने गरेको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =