मेस्सीकाे पाेस्टर मार्फत रूसलार्इ अार्इएसअार्इकाे धम्की

एजेन्सी । रूसलार्इ बार्सीलाेना एवम् अर्जेन्टिनाका खेलाडी लियाेनल मेस्सीकाे पाेस्टर मार्फत अार्इएसअार्इले धम्की दिएकाे छ । आगामी वर्ष रुसमा हुन लागेको विश्वकपलाई मध्यनजर गर्दै आतङ्कवादी सङ्गठनले हमला गर्ने तयारी गरिरहेको सङ्केत गरेका हुन् ।

यसअघि पनि रुसको फुटबल स्टेडियम बाहिर बन्दुक र बिस्फोटक पदार्थ बोकिरहेको पोस्टर फेला परेको थियो । उक्त पोस्टरमा मुजाहिदिनको आगोबाट कोही पनि बच्न नसक्ने भन्दै धम्की दिइएको थियो । सिरिया र इराकबाट जिहादीहरुलाई निकाल्न चलाइएको अभियानविरुद्ध उनीहरूले धम्की दिएको बताइएको छ ।

विश्वकप फाइनल गराइने सहर सेन्ट पिटरस्वर्गमा यसअघि आईएसले भयानक हमला गरिसकेका छन् जसमा १४ जनाकाे मृत्यु भएकाे थियाे । रुसले आईएसलाई हटाउन गरेको विमान हमलाको जवाफमा उनीहरूले सो आक्रमण गरेका थिए । यसैकारण रुसको सुरक्षालाई अझ कडा पार्नका लागि अहिले हजारौँ सेना पिटरस्वर्गमा तैनाथ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *