वर्षमान अघि सर्दा महरा जिल्ल पर्दै

कात्तिक ८, दाङ । संविधानसभाको पहिलो निर्वाचनमा दाण् क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् । रोल्पालाई आफ्नो सुरक्षित थलोको रूपमा बुझेका उनी दोस्रो संविधानसभामा रोल्पा १ बाट जिते ।

पहिलो निर्वाचनमा दाङमा विजयी महराको रोल्पा यात्रालाई त्यो बेला उनी दाङमा निकै असुरक्षित गरेर पाखा लागेको भन्ने विश्लेषण गरिएको थियो । यसको कारण निर्वाचन जितेपछि उनी मतदातासँग निकट रहन नसकेको भनेर चर्चा गरिएको थियो । प्रतिनिधि सभा निर्वाचनका लागि महरा यसपालि रोल्पामा अटाउन सकेनन् । आजको नागरिक दैनिकमा खबर छ ।

नेता बर्षमान पुन यस पटक रोल्पा भित्रिने कसरतमा लागेपछि महराका लागि एउटै निर्वाचन क्षेत्र रहेको रोल्पामा स्पेस नरहेको चर्चासमेत भएको छ । यद्यपि माअ‍ेवादीले यसलाई भने महराकै सुझावको आधारमा बर्षमान रोल्पामा उम्मेदवार बनेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *