ऋृचाकाे अात्महत्याले किन राेयाे सामाजिक सञ्जाल ?

कार्तिक ६, काठमाडौँ । सामाजिक सञ्जालमा आज एउटा तस्बिर भाईरल भएको छ । झापाकी युवती ऋृचा सेढाइले आत्महत्या गरेको तस्बिर फेसबुकमा अत्याधिक शेयर भएको छ भने, उनको आत्महत्यामा त्यत्तिकै समवेदना प्रकट गर्नेहरुको लर्को लागेको छ ।
कुनै नेपाली चलचित्रकी नायिका झैँ लाग्ने ऋचाले किन आत्महत्या गरिन् ? भन्ने प्रश्न गर्दै फेसबुक प्रयोग कर्ताहरुले उनको तस्बिर सहित श्रद्धाञ्जली प्रकट गरेका छन् । धेरैले उनले किन यस्तो कदम चालिन भन्दै आश्चर्य मानेका छन् ।

ऋृचाको प्रोफाईल इन्ट्रोमा देखिन्छ “Hell yeah  One more fan cheeking my profile”

तर, उनको फ्यानले उनको तस्बिर हेर्न आइतबार प्रोफाईल खोलेका छैनन् । सुन्दर रूपकी धनी ऋृचाले आत्महत्या गरेको कुरा सामाजिक सञ्जालमा छाएपछि उनको नाम सर्च गरेर आत्महत्या समस्याको समाधान होइन भनेर कमेन्ट र पोस्ट सुरु भएको छ । ऋृचाकाे अात्महत्यामा नेपाल अाइडलका कार्यक्रम सञ्चालक शुशील नेपालले समेत शाेक ब्यक्त गरेका छन् । भने, उनकाे फाेटाे राखेर शाेक ब्यक्त गर्नेहरूकाे संख्या बढ्दाे छ ।

ऋृचा साथीसंगीबीच पनि उत्तिकै मिलनसार रहेको उनीप्रति व्यक्त भएको श्रद्धाभावले पुष्टि गर्दछ । कार्तिक ५ गते दिउँसो २ बजेसम्म फेसबुकमा एक्टिभ रहेकी उनले एक्कासि किन आत्महत्या गरिन् ? रहस्यमै छ । उनका बारे पनि धेरैलाई थाहा छैन । वुमन्स रुम रिलोडेड (डब्लुआरआर) मा सक्रिय सदस्य रहेको कुरा उनको फेसबुक प्रोफाइलबाट थाहा हुन्छ ।

ऋृचा कन्काई उच्च माविमा बीबीएस तहमा पढ्दै गरेको कन्काई एजुकेशन फाउण्डेशनका प्रकाश अधिकारीले बताए । गत जनवरीमा यमबुद्धले आत्महत्या गर्दा दुःखित भएकी उनले आज कसरी आत्महत्या गरिन् ? कतै यम बुद्धको आत्महत्याबाट उनी निराश त भएकी थिइनन् ? यस्ता प्रश्नहरू उठेका छन् । उनले हतोत्साही र निराश भएर मन स्थिर नभएको भन्दै आफ्नो फेसबुक पेजमा स्टाटस पोस्ट गरेकी थिइन् ।

 

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी राजकुमार सिलवालले ऋृचाको आत्महत्याको मुख्य कारण खुल्न नसकेको बताए । उनको पारिवारिक रूपमा कुनै पनि समस्या पनि नदेखिएको भन्दै डिएसपीले केही कुराबाट फ्रष्टेड भएर आत्महत्या गरेको हुन सक्ने बताए । ‘ऋृचाको मोबाइल कल डिटेल्स हेर्न बाँकी छ, अहिलेसम्म उनले किन आत्महत्या गर्न पुगिन् त्यस्तो खुल्ने स्रोत पत्ता लागेको छैन ।’ उनले भने । उनले घटनाको अनुसन्धान भइरहेको तथा ऋृचाको लास पोस्टमार्टमका लागि जिल्ला अस्पताल भद्रपुर पठाइएको बताए ।

बिर्तामोड ५ अतिथि सदन छेउ बस्ने ऋृचाका बुबा होटेल व्यवसायी हुन् । उनका ४ जना छोरी र १ जना छोरा छन् । प्रहरी स्रोतका अनुसार ऋृचा बेङ्लोर घुम्न जाने तरखरमा थिइन् । बेङ्लोरमा उनकी एक दिदी घरजम गरेर बसेकि छिन् । सोमबार सिए सरोज अधिकारीले आफ्नो फेसबुक पेजमा ऋृचाको तस्बिर पोस्ट गर्दै उच्च शिक्षा अध्ययन गर्नका लागि उनिसँग पैसा नभएको कुरा दर्शाएका छन् । उनले आफ्नो वालमा ‘गल्ती गरिस् बुनु, पढाइको लागि पैसा पुगेन भनेर यसरी हिम्मत हार्छस् भन्ने थाहा थिएन’ भन्दै स्टाटस पोस्ट गरेका छन् ।

बिर्तामोडमा पछिल्लो समय आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गएको डिएसपी सिलवालले बताए । उनका अनुसार दुई साता यता बिर्तामोडमा यस अघि दुई जनाले आत्महत्या गरिसकेका छन् । ‘खै केही समय यता यहाँ आत्महत्या गर्नेहरु बढेका छन् । केही दिन अघि एक शिक्षक र एउटी युवती (गेष्ट हाउस) ले आत्महत्या गरे । कतै त्यसकै हावा लागेको पो हो की ?’ उनले प्रति प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *