तिहारका यी १० गीतः जाे कहिल्लै पुराना भएनन् (भिडियाे सहित)


कार्तिक ३, काठमाडौँ । जब तिहार आउँछ हाम्रा घर आँगन र रेडियो एफएममा धेरै तिहारका गीतहरू गुञ्जने गर्दछन् । हरेक वर्ष करिब तीन दर्जनको हाराहारीमा दसैँ तिहारका गीतहरू रेकर्ड हुन्छन् ।
नयाँ गायक गायिकादेखि पुराना र चर्चितहरुले पनि दसैँ तिहारका भाका रेकर्ड गर्ने गरेका छन् ।
नेपाली गीत सङ्गीतमा केही यस्ता गीतहरू छन्, जसले तिहारको रौनकता र विशेषतालाई जोगाउन ठुलो टेवा दिएका छन् । जबजब दसैँ तिहारले हाम्रा घरआँगन टेक्छन् यी गीतमा झल्काईएका मौलिकताले हाम्रो धर्म संस्कृति र परम्परालाई नै उजागर गरेको भान हुन्छ ।
यी गीतहरू हाम्रा मानसपटलमा सदैव ताजा छन् ।

१) तिहारै आयो लौ झिमिली…

स्वर्ग फिल्मको यो गीत हाम्रो संस्कृतिको एउटा परम्परा जस्तै बनेको छ । खास गरी महिला दिदिबहिनीहरुले तिहारमा भैली खेल्दा यो गीत धेरै प्रयोगमा आउने गरेको छ ।

२)  दियो बाली साँझको….

चलचित्र राँकोको दियो बाली साँझको… बोलको गीत अझैपनि उत्तिकै कर्ण प्रिय छ । चर्चित गायिका आशा भोसलेको स्वरमा सजिएको यो गीत लक्ष्मी पूजाका दिनमा घन्किने गरेको छ ।

३) झिली र मिली…

गायिका सिन्धु मल्ललाई नेपाली लोक गीत सङ्गीतमा तहल्का मच्चाएकी थिइन् । माइती चेली बिचको पवित्रसम्बन्धमा उनले गायका अधिकांश लोक गीतहरू हाम्रा जनमानसमा अझै भुण्डिरहेका छन् । यो गीत पनि तिहारमा घन्किने चर्चित गीतहरू मध्येको एक हो ।

४) आहै झिलिमिली झिलिमिली देउसी रे…

पूर्वीय लोक भाकाको संरक्षणमा लागेको अरुण उपत्यका समूहको यो गीत देउसी खेल्ने युवाहरू बिच उत्तिकै कर्णप्रिय छ । देउसी भाकामा गाइएको यो गीत नविनकुमार खड्का, पुस्तका खड्का लगायतले गाएका छन् । यस्तै अरुण उपत्यकाकै अर्को तिहार गीत फुलको थुङ्गा टपक्कै टिपी.. पनि पूर्वी नेपालका अधिकांश गाउँघरमा गुन्जने गरेका छन् ।

५) ‘अधरमा आज उनकै छ गीत…

अन्याय फिल्मको याे गीत तिहारमा नसुन्ने कमै हुन्छन् ।  याे गीत पाँच दशक अघि जति कर्णप्रिय थियाे अहिले पनि त्यत्तीकै कर्णाप्रिय छ ।

६) ढकमक फुल …

स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनुर’ मा समावेश ढकमक फुल …. बोलको गीतले पनि तिहारको महत्त्व र रौनकतालाई वर्णन गरेको छ ।

७) निधारमा लर्काएर सप्तरंगी टिका…

चलचित्र विजय पराजयको यो गीतले दिदिभाई बिचको पवित्र सम्बन्धलाई वर्णन गरेको छ । गायिका हेमलताको स्वरमा सजिएको यो गीत सन् १९९१ मा आएको हो ।

८) भाइटिकामा भेट्न आउँला…

पप गायक राजु लामाले गाएको ‘भाइटिकामा भेट्न आउँला’ गीत पनि निक्कै चर्चित गीत हो । विवाह गरी पराईघर जान लागेकी चेलीलाई सम्झाउन नरुन आग्रह गरिएको छ ।

९) भाइटिकामा पर्खि रहन्छिन्…

पूर्वेली गायक एपी शेर्पाले गाएको ‘भाइटिकामा पर्खि रहन्छिन्’ गीत पूर्वका सहरमा मात्र हैन स्वदेश देखि विदेशसम्म घन्किन्छन् । गायक शेर्पालाई नेपाली साङ्गीतिक क्षेत्रमा स्थापित गराउन यो गीत सफल भएको थियो ।

१०) वर्षमा दिनमा लैलै…

गायक सुगम पोखरेलले पनि दसैं तिहारका लागि गीत गाएका छन् । ‘वर्षमा दिनमा लैलै’ बोलको गीत नेपाली पप गीतहरुमा निक्कै चर्चामा आएको चाडबाड गीत हो ।

यी बाहेक पनि हाम्रा चाडपर्व, धर्म संस्कति र परम्परा प्रति लक्षित गरेर सयौँ गीत रेकर्ड भएका छन् । गाईएको छन् । तर, पछिल्लो समय हाम्रो गीत सङ्गीतमा यस्ता कालजयी रचना भेट्न मुस्किल परेको छ । गीत सङ्गीतले नेपालीहरूको धर्म संस्कृति र परम्पराको संरक्षण र संबद्र्धनमा समेत उल्लेखनीय योगदान दिएको हुन्छ । यस्ता गीतहरुको संरक्षण र प्रर्वद्धनमा सबैले आ–आफ्ना क्षेत्रबाट लाग्नु पर्दछ ।

https://www.youtube.com/watch?v=5sa0otTpYuo&pbjreload=10

https://www.youtube.com/watch?v=S1GQUAfTmHs

https://www.youtube.com/watch?v=WcI2W1ZTEqc

https://www.youtube.com/watch?v=VAeqYmb14qk”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =