भारत र बङ्गलादेशको रेकर्ड रुपन्देहीमा ताेडीयो

सरिना मरासिनी, रुपन्देही । तिहारको अवसरमा रुपन्देहीमा विश्वकै सबैभन्दा लामो रंगोली बनाइएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था बागेश्वरी असलशासन (बास) रुपन्देही र हाटी अमुवा युवा क्लबको आयोजनामा अहिलेसम्मकै लामो रंगोली बनाइएको हो ।

युवा क्लबले कला संस्कृति तथा पहिचानको जर्गेर्ना, पर्यटकलाई आकर्षित गर्न र गिनिज बुकमा नाम लेखाउने गरी विश्वकै ठुलो रंगोली बनाइएको बास रुपन्देहीका अध्यक्ष विजया खत्रीले जानकारी दिनुभयो । विश्वमा अहिलेसम्म ठुला आकारका दुई वटा रंगोली बनाइएको छ । भारतमा १ दशमलव ३ किलोमिटर र बङ्गलादेशमा १ दशमलव ४ किलोमिटरको रंगोली बनाइएको छ ।


नेपालको भैरहवामा भने १ दशमलव ५ किलोमिटरको रंगोली बनाइएको हो । उक्त रंगोली भैरहवा क्षेत्रको लखन चोकदेखि हाटी अमवासम्मको सडकमा बनाईएकोछ । उक्त रंगोली सेतो, पहेँलो, रातो, निलो र हरियो गरी ५ प्रकारका रङ्ग प्रयोग गरिएको बास रुपन्देहीले जनाएको छ । रंगोली बनाउन ३ सय भन्दा बढी कलाकार सहभागी भएका थिए भने साढे ५ लाख रुपैयाँ खर्च लागेको पनि बास रुपन्देहीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =