एमाले स्थायी समिति बैठक दिउँसो ३ बजे बस्दै
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ३१ । नेकपा एमाले स्थायी समितिको बैठक आज बस्दैछ । समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बैठक बस्न लागेको हो । काठमाडौंको गोकर्णको एउटा रिसोर्टमा बस्न लागेको बैठकमा निर्वाचन आयोगमा बुझाएको सूचीलाई फेरबदल गरेर अन्तिम रुप दिइनेछ ।
बैठक दिउँसो ३ बजे बोलाइएको एमाले सचिव तथा प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो । निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।
कान्तिपथस्थित निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची आइतबार पेश गरेका हुन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








