८८ किलो सुन तस्करीकान्डः कांग्रेसको समानुपातिक सूचीमा सिफारिस तामाङ पक्राउ
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, असोज ३० । ८८ किलो सुन तस्करीकान्डमा संलग्न रहेको आशंकामा रसुवाका मानबहादुर तामाङलाई प्रहरीले पक्रेको छ ।
सोमबार काठमाडौंको स्वयम्भूबाट नेपाल-केरुङ व्यापार संघका अध्यक्षसमेत रहेका तामाङलाई प्रहरीले पक्रेको हो ।
नेपाली कांग्रेसमा आवद्ध रहेका तामाङलाई सो पार्टीले रसुवाबाट समानुपातिक सूचीमा सिफारिससमेत गरेको थियो ।
गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन प्रहरीले बरामद गरेको थियो । सुन मालिक चिनियाँ दम्पती फरार छन् ।
तामाङ चिनियाँ दम्पतीसँग निकट रहेको प्रहरीको भनाइ छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित