समानुपातिकतर्फको बन्दसुची दर्ता: दलहरूको तयारी भद्रगोल
२०७४ जेठ १५ गते

“
असोज ३०, काठमाडाैं । राजनीतिक दलहरूले पर्याप्त आन्तरिक गृहकार्य नगर्दा सामानुपातिकतर्फको बन्दसुचि भद्रगोल बनेको छ । आइतबार राति अबेरसम्म दलका नेताहरू निर्वाचन आयोग परिसर तथा कोठामा भेला भएर बन्दसुचीलाई अन्तिम रूपमा दिने कोसिस गर्दै गरेको अवस्थामा भेटिए ।
राति साढे आठ बजे बहादुर भवनस्थित आयोगको परिसर पुग्दा चौरमा पाल टाँगेर बनाएको दर्तास्थलमा बसेका कर्मचारी राजीनितिक दलको प्रतीक्षामा देखिँन्थे ।
कतिखेर सुची बुझाउन दलका प्रतिनिधि आउने हुन् । कतिखेर दर्ता गरेर सकिने हो थाहा छैन । न खान न सुत्नको ठेगान भो, एक कर्मचारीले गुनासो गरे ।, यो खबर आजको नागरिकमा छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








