३० राजनीतिक दलद्वारा उम्मेदवारको बन्दसूची पेस
२०७४ जेठ १५ गते

“
असाेज २९, काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले निर्वाचन आयोग कान्तिपथमा स्थापना भएको समानुपातिक तर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेस गर्ने कार्यक्रम जारी रहेको छ ।
बन्दसूची पेस गर्नका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएकामा अपराह्न ४ बजेसम्म विभिन्न ३० राजनीतिक दलले बन्दसूची पेस गर्न धरौटीबापतको शुल्क बुझाइसकेका छन् ।
बन्दसूची पेस गर्नका लागि राजनीतिक दल आयोगमा आउने क्रम जारी नै रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








