सानिमा बैङ्कको १३ औँ साधारण सभा सम्पन्न

असाेज २९, काठमाडाैं । सानिमा बैङ्क लिमिटेडले १३ औ वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ । बैङ्कका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १६ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै सानिमा बैङ्कको चुक्ता पुँजी रु. ८ अरब नागेको छ ।

साथै, संस्थापन समूह (समूह “क”) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकमा विनय कुमार श्रेष्ठ, तुक प्रसाद पौडेल र शाम्वा लामा निर्वाचित भएका छन् । आर्थिक वर्ष २०७३/७४ मा खुद नाफा रु १.३३ अरब कमाएको सानिमा बैङ्कको कुल सम्पत्ति रु ६९.९५ अर्ब, कुल निक्षेप रु ५७.७५ अर्ब तथा कर्जा सापटी खुद रु ५१.२६ अर्ब रहेको छ । आर्थिक वर्ष २०७२/७३ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ३३.२३, २४.६२, २६.७६, र २५.१६ प्रतिशतले वृद्धि गरेको कम्पनीका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *