तिहारै अायाे बरिलै, थाहा पाउनुस् कुन दिन र कति बजे टिकाकाे साइत

असोज २९, काठमाडौँ । यस वर्षको भाइटिकाको साइत कात्तिक ४ गते शनिवार मध्याह्न ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए । उनका अनुसार टीका लगाउँदा दाजुभार्इ पश्चिम फर्केर बस्ने र दिदीबहिनी पूर्व फर्केर टीका लगाइदिनु राम्रो हुन्छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मङ्गलवारदेखि सुरु हुँदैछ । कार्तिक ३१ गते काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधवार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रवार गाई, गोरु तिहार, कृषक र गोवर्द्धन पूजा एवं कात्तिक ४ गते शनिवार भाइटिका परेको अध्यक्ष गौतमले जानकारी दिए ।

कुल परम्परा अनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 12 =