कैलालीको धनगढीमा दोस्रो रामलीला ज्ञान महोत्सव हुने

विष्णु जोशी, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा दोस्रो रामलीला ज्ञान महोत्सव हुने आयोजनाले जनाएकाे छ । ज्ञान महोत्सव आगामी कात्तिकको १५ गतेबाट सुरु हुने समितिले जनाएको छ ।

नवज्योति सामुदायिक सिकाई केन्द्र र शिव मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा रामलीला ज्ञान महोत्सव सञ्चालन हुने मूल आयोजक समितिका संयोजक राजेन्द्र साउँदले बताए । महोत्सव सञ्चालनका लागि चार वटा सक्रिय उपसिमिति गठन गरिएका छ ।

समितिका संयोजक साउँदले रामलीलाबाट संकलित रकम सार्वजनिक पुस्तकालय र शिव मन्दिर निर्माणमा खर्च गरिने जानकारी दिए । रामलीलाका लागि रावण, मकरध्वज र पर्शुरामका पात्र कलाकार बाहिरी जिल्लाबाट ल्याइएकाे छ । भने सीता, कैकई लगायत महिला कलाकारकाे अभिनय महिला कलाकारले नै गर्ने नवज्योति सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष विष्णुदत्त जोशीले बताए । महोत्सव सञ्चालनका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =