कमल थापाले बेलुकी ७ बजे गृहमन्त्रीको सपथ खाँदै

“
काठमाडौं असोज १७ । राप्रपा नेपालका अध्यक्ष कमल थापा उप–उप्रधान एवं गृहमन्त्री बन्ने भएका छन् । उनीसँगै उनका कार्यकर्ताहरुले आज साँझ ७ बजे मन्त्रीको सपथ खाने भएका छन् ।
विना विभागीय मन्त्री बन्नेहरुमा जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा रहेका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्रीमा नियुक्त भएका छन् । सबैको मन्त्रालय भने तोकिएको छैन । अध्यक्ष थापाको भने गृहमन्त्रीको जिम्मेवारी आएको जानकारी गराइृको छ । राष्ट्रपति विद्या भण्डारीले निर्वाचन आयुक्तहरुसँग परामर्श गरे लगतै आज साँझ सपथको समय तय भएको हो । राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार मन्त्रीहरुको सपथ साँझ ७ बजेका लागि तय गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका सबै नेताहरुलाई हटाएर राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गरेसँगै ६४ सदस्यीय रहेको मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
“








