प्रचण्डकी नातिनीलाई गीत गाउँन लगाउँने ठग योगेन्द्रमणीले उचाले अवार्ड !

काठमाडौँ,असोज २७ । माथिको अवार्ड कति सुन्दर अनि चुलिएको छ तर अवार्डको गरिमा कसरी खस्कदैछ भन्ने सबैका लागि यो गतिलो उदाहरण बनेको छ । अवार्ड सङ्गीत क्षेत्रको बद्नाम गरेर ठगीधन्दा गर्नेले पाउँने हो कि इमान्दार व्यक्तिले पाउँनुपर्ने हो ? २५ करोड अनियमितता गरेर सङ्गीत क्षेत्रको शिर निहुँराएका पूर्व गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणी दाहाललाई हिजो शुक्रवार खादा ओढाएर पुरस्कृत गरिएको छ ।

आफू कार्यरत पञ्च कन्या ग्रुपको २५ करोड हिनामिना गरेर नख्खु जेलमा छ महिना चिसो हावा खाएर निस्केसँगै उनी सम्मानित भएका हुन् । वन तथा भु–संरक्षण मन्त्री एवंम राप्रपा (प्रजातान्त्रिक) नेता विक्रम पाण्डेको कालीका एफ एमले उनलाई सम्मान गरेको हो ।

हिजो शुक्रवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी नातिनी स्मिता दाहालले स्वर दिएको रागिनी एल्बम बोलको गीतमार्फत् १३ औँ कालीका एफ.एम. म्युजिक अवार्डमा सर्वाेत्कृष्ट गीतकारको अवार्ड उनले उचालेका हुन् । अवार्ड आयोजक कालीका एफ.एम. परिवारप्रति आभार प्रकट गर्दै उनले भनेका छन् ‘मलाई माया गर्ने मान्छे कस्तो होला ?’ सङ्गीतकार सुनिल मास्के,गायिका स्मीता दाहाल,सङ्गीत संयोजन अमुल कार्को (ढलि) , मिक्सिङ तथा मास्टरीङ किशोर थापा, ए वान म्यूजिसिएन स्टूडियोको माया कस्तो होला भन्दै खुसीले नाचेका छन् ।

बालुवाटार –४ आफ्नै निवासबाट पक्राउ परेका गीतकार दाहाल दुई पटक गीतकार सङ्घको अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी कार्यरत पञ्चकन्या ग्रुपको करोडौँ अनियमिता गरेपछि प्रमुख प्रदीपकुमार श्रेष्ठ योगेन्द्रमणीको गरेका उप्रदोको कारण बदनाम भएका थिए । त्यति बेला योगेन्द्रमणीले अनियमितता गरेको विवरण खोज्न चार/चारजना अडिटर नै खडा गर्नुपरेको थियो । चार जनाले योगेन्द्रमणीले गरेका किर्ते कामहरू पत्ता लगाउँदै जाने क्रममा फर्जी,कीर्ते बिल र भर्पाइका कागजहरु जति पल्टाउदै गयो उती नयाँ -नयाँ फर्जी विलहरु भेटियो ।

प्रचण्ड कनेक्सन 

योगेन्द्रमणीले कतिसम्म किर्ते गरेका थिए भने दश लाखको हिसाबमा नौ लाख नब्बे हजार आफ्नो गोजीमा हालेर बाँकी १० हजार मात्र कम्पनीको देखाएका थिए । तर,उनी कतिसम्मका चतुर खेलाडी थिए भन्ने यो अर्काे दृश्य हो । यौनकाण्डमा मुछिएका सङ्गीतकार तथा माओवादी केन्द्रका कार्यकर्तासमेत रहेका चेतन सापकोटामार्फत प्रचण्डकी नातिनी स्मिता दाहाललाई ‘रागिनी’ एल्बममा गीत गाउँन लगाएर आफ्नो शक्ति प्रर्दशनी गरे । नातिनीलाई आफ्नो काबुमा पारेर प्रचण्डसँग नजिकिएर सबै कर्तुत लुकाउँन खोजेपनि अन्ततः उनी नख्खु जेल चलान भइछाडे । तर, आज तिनै ठगी योगेन्द्रमणीलाई रागिनी एल्बममार्फत् खादा ओढाएर सम्मान गर्दा अरू गीतकारले मुख खोल्न सकिँरहका छैनन् ।

यसरी गीतकार सङ्घको छवि धमिल्याउँने योगेन्द्रमणी दाहाललाई किन पुरस्कृत गरियो ? सबैले थाहा पाउँन जरुर छ । उनले यति मात्र गरेनन् पञ्चकन्या ग्रुपकै पैसा हिनामिना गरी गीतकार रत्नशमशेर थापा,किरण खरेल जस्ता दिग्गज हस्तिहरुलाई पुरस्कृत गरेको रहस्य पनि बाहिरियो । दाहालका कारण ती हस्तिहरुको छविमा समेत खोट लागेको थियो ।तर,उनीहरु बोल्न सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =