फुल मन्त्रीलाई पाखा लगाएर देशको ढुकुटी लुट्ने राज्यमन्त्रीहरु (सूची हेर्नुहोस्)

“
काठमाडौँ, असोज २७ । अनुगमन आतंक छ सिंहदरबारतिर । फुल मन्त्रीले भन्दा राज्यमन्त्री देशको ढुकुटी कसरी लुट्दारहेछन् भन्ने रहस्य फेला परेको छ । पत्याउँनुुहुन्छ ! मन्त्रीले अनुगमन मूल्याङ्कन भ्रमणको नाममा स्वकीय सचिवलाई फर्जी बिल बनाउँन लगाएर सिंहदरबारको कोठाभित्र झिंगा धपाएर लाखौँ रकम लुटेको । भोलि शनिबारदेखि सांसदहरुको जागिर जाने आयु एक दिन बाँकी रहनु र चार जना राज्यमन्त्रीहरु थपेर तीस जना पुर्याएको दिन फर्जी बिल बनाएर देश लुट्ने मन्त्रीहरुको विवरण सार्वजनिक भएको छ ।
अनुगमन मूल्याङ्कन भ्रमण मै नगई राज्यमन्त्रीले पटक पटक गरी मन्त्रीले भन्दा बेसी रकम असुलेको भेटिएको छ । मन्त्रीले भ्रमण खर्चबापत् साढे एक लाख हात पार्दा राज्य मन्त्रीले दोब्बर रकम हात पारेका छन् । मन्त्रीहरुलाई आफूहरू कुन अनुगमनमा गएको त्यो नै थाहा छैन तर स्वकीय सचिवमार्फत लाखौँ रकम हात पारेका छन् ।
आफ्नो मन्त्रीभन्दा बेसी भ्रमण खर्च हात पार्ने राज्यमन्त्री हुन्, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द । वाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माले भ्रमण खर्चबापत् एक लाख ८४ हजार चार सय शुभलाभ हात पार्दा राज्यमन्त्री चन्दले दुई लाख ७२ हजार एक सय बुझेका छन् । भ्रमण खर्चबापत् सबैभन्दा कम रकम कानुन न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले बुझेका छन् ।
स्वकीय सचिव राजु पाख्रिनमार्फत् ३२ हजार चार सय २५ रुपैयाँ लिएका छन् भने दोस्रो किस्ताबापत् २८ हजार दुई सय ५० बुझेका छन् । दुई पटक भ्रमण गरेबापत् ६० हजार छ सय २५ रुपैयाँ लिएको भेटिएको छ । नेपाल आयल निगमको जग्गा खरिदमा घोटला भएपछि अनुगमनमा गएको तर खर्च कति भयो र आफूमार्फत् मन्त्रीले कति रकम लिए भन्नेबारेमा आफू अनभिज्ञ रहेको सचिव पाख्रिन बताउँछन् । ‘निगमको जग्गा अनुगमनमा मसहित तीन जनाको टोली गएका हौँ । तर, खर्चबारे थाहा छैन त ।’ धादिङमा रहेका सचिव पाख्रिनले फोनमा भने । तर, यता प्रधानमन्त्री कार्यालयको वेबसाइटमा उनीमार्फत् मन्त्रीले दुई पटकको भ्रमण खर्च बुझेका छन् ।
यता,विवादित उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले एक पटक भ्रमण गरे खर्चबापत् स्वकीय सचिव सम्पूर्णमान् श्रेष्ठमार्फत् ३१ हजार चार सय हात पारेका छन् ।
मन्त्रीलाई भ्रमण गरेको थाहा छैन
आफूले कुन भ्रमण गरेको थाहा नपाउँने कानुन न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिन अनकनाउँदै मकालु खबरसँग भने‘के अनुगमन हो ? त्यो त सम्झिनै पर्छ । अनुगमन गरेको धेरै भइसक्यो । त्यसैले बिर्सि पो सके हौँ ।’ उनले अनकनिदैँ भने । तर, स्वकीय सचिवपार्फत् आफूले दुई पटक भ्रमण खर्चबापत् ६० हजार बेसी रकम लिएको बारे जानकारी गराउँदा आफू संसद्को बैंठकमा रहेको बताउँदै,‘ कुन भ्रमणमा गएको भेउ पाउँनै सकिन । भरै भोलि भेटौँला है ।’ त्यसपछि फोन काटे ।
त्यसपछि स्वकीय सचिव राजु पाख्रिनलाई दोस्रो चोटि फोन सम्पर्क गर्दा फोन उठाए तर भ्रमणबारे अन्योलता देखाउँदै नेपाल निगम जग्गा खरिदको अनुगमनमा आफूसहित तीन जनाको टोलीमा गएको सम्झिए । ‘नेपाल आयल निगमको जग्गा घोटला हुँदा मसहित तीन जनाको टोली तराई झरेका थियौँ । त्यहीँ अनुगमन हो ।’ तर, आफूमार्फत मन्त्रीले दुई पटक भ्रमण खर्चबात ६० हजार रकम लिएको बारे जानकार नभएको बताउँछन् ।
हेर्नुहोस् भ्रमण खर्चबापत् कसले कति लुटे ?
“








