यो कस्तो राष्ट्रियता, नेपाल प्रहरीकाे टाेपीमै भारतीय झन्डा

असाेज २७, काठमाडौँ । नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने सङ्केत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता सङ्केत भेटिएपछि भने पत्याउनै पर्ने हुन्छ ।

कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झन्डा (तिरंगा), ‘मेरा भारत महान्, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै सङ्केत भेटिन्छन् । ती सङ्केत टोपीको भित्रपट्टी राखिएका छन् ।

अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइन्छ । आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षौंदेखि शिरमा राख्दै आइरहेका छन् । उनीहरूलाई यसबारे जानकारी नभएर हो वा सङ्गठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गिराउने काम भएको छ ।

सङ्गठनको तल्लो तहका जवान मात्रै होइन, प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता सङ्केत भेटिएका छन् । प्रहरी सङ्गठनले मातहतका सुरक्षाकर्मीका लागि टेण्डरमार्फत टोपीलगायत पोशाक खरिद गर्दै आएको छ ।

प्रहरीको पोशाक भारतीय कम्पनीले उत्पादन गरेको मध्येबाट भित्रिने गरेको स्रोतले जनाएको छ। भारतीय कम्पनीले जानाजान यस्तो बदमासी गरेको स्रोतको दाबी छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *