तिहार नजिकिँदै गर्दा बजार भाउ बढ्यो

असाेज २७, काठमाडौँ । तिहार नजिकिँदै जाँदा भार्इ मसला एवं मिठाईका प्याकेट बजारमा आइ सकेका छन् । गत वर्षको तुलनामा मसलाको मूल्य यसपालि केही घटबढ भएको व्यापारीहरु बताउँछन् । प्रायः तिहारमा उपभोग हुने मरमसला विदेशबाट आउने गरेको छ । पिस्ता, बदाम लगायतका मसला अमेरिकाबाट एवं ल्वाङ, सुकुमेल लगायत दक्षिण अफ्रिकी मुलुक ग्वाटेमालबाट आयात हुने गरेको असन स्थित व्यवसायी सजीव बज्राचार्य बताउँछन् ।

असन बजारमा भाइटिकामा दिदी बहिनीले दाजुभार्इलाई उपहार दिने मरमसलाको प्याकेटको मूल्य ६० रुपैयाँ देखि साढे १४०० रुपैयाँसम्म छ । भारतबाट आयात गरिने मरमसलाहरुको मूल्य जिएसटी (गुड सर्भीस ट्याक्स) का कारण अन्य देशको तुलनमा महंगिएको बज्राचार्यको भनाइ रहेकाे छ ।

गत वर्षको तुलनामा काजुको मूल्य किलोमा ५० रुपैयाँले बढेको छ । गत वर्ष काजुको मूल्य प्रतिकिलो एक हजार ६५० रुपैयाँ थियो । यो यसपालि एक हजार ७०० रुपैयाँ पुगेको हो ।

त्यस्तै, नरीवलको मूल्य गत वर्षको तुलनामा ५० प्रतिशतकाे हाराहारीले बढेको अन्नपूर्ण ड्राइफूड स्टोरका सञ्चालक सुरेश प्रजापतिले जानकारी दिए । गतवर्ष नरिवलको मूल्य प्रतिकिलो ३०० रुपैयाँ रहेकोमा अहिले त्यो ४५० रुपैयाँ पुगेको प्रजापतिले बताए ।

यो वर्ष अलैंची भने सस्तो भएको छ । गत वर्ष यही बेला अलैंचीको मूल्य किलोको झन्डै तीन हजार रुपैयाँ थियो । तर, अहिले एक हजार २०० सय रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *