अजजले ३ विकेट चट्काउँदा नेपाल दबाबमा

असाेज २७, काठमाडाै । विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत जारी हङकङ विरुद्धको खेलमा नेपाल दबाबमा देखिएको छ । कप्तान पारस खड्का २६ रनको व्यक्तिगत स्कोरमा आजिज खानकाे बलमा बोल्ड भएपछि दबाबमा परेकाे हाे । उनले ४६ बल सामना गर्दा ३ चौका प्रहार गरेका थिए ।

नेपालले २० ओभरको खेल सकिदा ७२ रनमा चार विकेट गुमाएको छ । यसअघि नेपालका लागि उपकप्ता ज्ञानेन्द्र मल्लले २९ बलकाे सामना गर्दै (२१), सागर पुन (३), दीपेन्द्र ऐरी (३) रनमा आउट भएका थिए । हङकङका लागि अजिद खानले ३ विकेट लिइसकेका छन् ।

क्रिजमा आरिफ सेख १५ रनमा खेलिरहेका छन् भने उनलाई साथ दिन सोमपाल कामी आएका छन् । उनले १ रन बनाउँदै साथ दिइरहेका छन् । हङकङले यस अघि पहिलाे व्याटिङ गर्दै १ सय ९४ रन बनाएकाे थियाे । नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिदा वसन्त रेग्मीले २ विकेट चत्काएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *