नेपालकाे पहिलाे क्लबमा वासुदेव

रविन्द्र यादव, लुम्बिनी । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज क्लब अफ लुम्बिनीकाे अध्यक्षमा वासुदेव मल्ल चयन भएका छन् । नवलपुरको कावासोतीमा अयोजित एक कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष दीपक भण्डारीले अध्यक्षको पिन लगाइदिएर वर्ष २०१७।१८ को अध्यक्ष पद हस्तान्तरण गरेका हुन् ।

किवानिज क्लब अफ लुम्बिनीले असहाय बालबालिकाको क्षेत्रमा कार्य गर्दै आइरहेकाे छ । किवानिज क्लब अफ लुम्बिनी नेपालकै पहिलो क्लब हो । क्लबले स्थापना दिवसको अवसर पारेर पद हस्तान्तरण कार्यक्रम समेत गरेको हो । मध्यविन्दु क्याम्सका प्रमुख मुक्ति पाण्डेको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा क्लबका पदाधिकारी तथा स्थानीय समाजसेवीले मल्लको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *