क्याटलोनिया स्वतन्त्र भएको हो वा होइन पुष्टि गर्न स्पेनको पाँच दिने अल्टिमेटम

काठमाडौं, असोज २६ । स्पेनका प्रधानमन्त्री म्यारियानो राजोएले क्याटलोनिया स्वतन्त्र राज्य घोषणा भएको हो या होइन भन्ने स्पष्ट पार्न त्यहाँका प्रशासनिक नेताहरुलाई पाँच दिनको अल्टिमेटम दिएका छन् ।

प्रधानमन्त्री म्यारियानोले क्याटलोनियाको सरकारले स्वतन्त्रताको घोषणा गरेको हो या होइन भन्ने स्पष्ट भएपछि थप प्रक्रिया अघि बढाइने बताएका छन् ।

मंगलबार मात्र यहाँको सरकारले जनमत संग्रहको परिणामको हवाला दिएर क्याटालोनियाको स्वतन्त्रताको घोषणा गरेको थियो ।

सोही सूचनाका आधारमा स्पेनका प्रधानमन्त्रीले क्याटलोनिया प्रशासनलाई प्रश्न गरेको बताइएको छ । यदि स्वतन्त्रता घोषणा गरेको भएमा सरकारले सोही बमोजिम निर्णय प्रधानमन्त्रीको भनाइ थियो ।

आगामी सोमबारभित्रमा स्वतन्त्र घोषणा सम्बन्धी हस्ताक्षर गरिएको घोषणा फिर्ता नगरेमा स्पेनको संविधानको धारा १५५ अनुसार क्याटलोनियाको स्वायत्तता निलम्बन गरी केन्द्रीय शासन लागु गर्ने प्रधानमन्त्री राजोइको भनाई छ ।

हालै भएको जनमत संग्रहपछि त्यसको परिणाम स्वीकार गरी अलग्गै राज्यको घोषणा गर्नुपर्ने भनी स्पेन सरकारका विरुद्ध पृथकतावादी नेताहरुले आन्दोलनको घोषणासमेत गरेका छन् ।

उनीहरुले सो जनमत संग्रहपछि क्याटालोनियाको स्वतन्त्रताका लागि भन्दै जनमत संग्रह गरेका थिए ।

सो जनमत संग्रहको परिणामपछि स्वतन्त्रता घोषणा गरिदिन क्षेत्रीय सरकारले केन्द्रीय सरकारसँग आग्रह गरेको थियो ।

क्याटलोनिया प्रशासनले स्वतन्त्र राज्य घोषणा गरेको पुष्टि गरे या प्रधानमन्त्रीको जवाफ नदिए स्पेनको केन्द्रीय सरकारले संविधानअनुसार केन्द्रीय शासन लागू गर्ने बताइएको छ ।

क्याटलोनियाको स्वतन्त्रता समर्थक सभामुख करमा फोकरदेलले भने स्पेनले सोझै शासन लागू गर्न नसक्ने बताएका छन् ।

उनले स्पेनले जबरजस्ती केन्द्रीय शासन लागू गर्न खोजे ठूलो संख्यामा जनतालाई सडकमा उतार्ने चेतावनी दिएका छन् ।

यसअघि क्याटलोनियाका नेताहरुले स्वतन्त्रताको घोषणालाई तत्कालका लागि स्थगित गरेका थिए ।

स्वतन्त्रताका पक्षधर नेता कार्लस पुज्डमोनले स्थानीय संसद्लाई सम्बोधन गर्दै जनमतसंग्रहको पालना गर्ने प्रतिबद्धता जनाउँदै यसअघि समस्या समाधानका लागि स्पेन सरकारसँग वार्ता गर्ने बताएका थिए ।

तर त्यो वार्ताको प्रस्ताव स्पेनले सिधै अस्वीकार गरेको थियो ।(एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *