३० हजार घुससहित बर्दियाका वनरक्षक थारु पक्राउ

बर्दिया, असोज २५ । इलाका वन कार्यालय राजापुर बर्दियाका वन रक्षक सिताराम थारुलाई सेवाग्राहीबाट ३० हजार घुस लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय कोहलपुरबाट खटीएको टोलीले बुधबार घुसको रकमसहित थारुलाई रङगेहात पक्राउ गरेको हो ।

अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘काठ निकासी छुट पुर्जीको म्याद थप गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग विभिन्न बहानामा वन रक्षक थारुले ३० हजार घुस लिएका थिए ।’आयोगको सम्पर्क कार्यालय कोहलपुरका अनुसार थारुलाई घुस रकम लिँदै गरेको अवस्थामा इलाका वन कार्यालय राजापुर, बर्दियाको कार्यालय परिसरबाट घुसको रकम सहित रंगेहात नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *